७ वैशाख २०८१ शुक्रबार
अन्य

अझै सञ्चालनमा आएन फोहोर जलाउने मेसिन

गोकर्णेश्वर नगरपालिकाले विदेशबाट फोहोर ल्याएको चार महिना वित्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन। नगरपालिकाले गत पुष महिनामा नै जापानको हित्ता कम्पिनीको सहयोगमा मेसिन थियो।

मेसिन भित्रिएको यतिका महिना बित्दा पनि सञ्चालनमा नआउँदा फोहोरमैला व्यवस्थापन गर्न नसकिएको भन्दै स्थानीयले गुनासो गरेका छन्। स्थानीय सावित्री श्रेष्ठले समयमा गाडीले फोहोर लिन नआउँदा फोहोर व्यवस्थापन गर्न नसकिएको बताइन्। ‘नगरपालिकाले समयमा फोहोरको गाडीले फोहोर उठाउन आउँदैन,’ उनले भनिन्, ‘घरमा फोहोर राख्दा दुर्गन्ध फैलिन्छ। जताततै सर्वसाधरणले फोहोर फाल्छन्।  व्यवस्थापनमा वडा र नगरपालिकाको चासो छैन। फोहोर व्यवस्थापन गर्नलाई ल्याएको मेसिन यतिका महिना हुँदा पनि अझै सञ्चालनमा ल्याउन सकेको छैनन्।’ स्थानीयले फोहोरमैला व्यवस्थापन गर्न नसकेको दुखेसो गरे पनि जनप्रतिनिधिले भने छिट्टै मेसिन सञ्चालनमा ल्याई फोहोरमैला व्यवस्थापन गरिने बताएका छन्।

नगरपालिकाका मेयर सन्तोष चालिसेले मेसिन जडानको लागि जापानबाटै प्राविधिक आउनुपर्ने भएकाले अबको डेढ महिनामा मेसिन प्रयोगमा ल्याइने बताए। ‘मेसिन जडानको लागि जापानबाट प्राविधिक ल्याउनुपर्ने भएकाले ढिला भएको हो,’ उनले भने, ‘अबको १५ दिन भित्रमा आउने कुरा छ। त्यसपछि जडानलगत्तैै सञ्चालनमा ल्याई फोहोरमैलालाई व्यवस्थापन गर्छौं।’

उनका अनुसार उक्त मेसिन नगरपालिकाको वडा ३ गोकर्णमा सञ्चालन गरिनेछ। अहिले फिल्डको काम भइरहेको छ। मेसिन नेपालमा भित्रिए पनि ठाउँको टुंगो लगाउन नसक्दा ढिलाई भएको उनले बताए। ‘मेसिन नेपालमा आइसके पनि राख्ने ठाउँ खोज्दा धेरै समय लाग्यो। बल्लबल्ल गोकर्णमा राख्ने टुंगो भएर फिल्डको काम भइरहेको छ,’ उनले भने।

मेसिनले दैनिक २५ टन कुहिने र नकुहिने दुवै प्रकारको फोहोरहरु जलाएर खरानी बनाउँछ। मेसिनले फोहोरलाई सुकाएर जलाउने काम गर्छ।  फोहोर जलाउँदा वातावरणलाई भने असर पर्दैन। करिब ५ करोडको लागतमा ल्याइएको मेसिन पहिलो चरणमा गोकर्णेश्वर नगरपालिकाको मात्रै फोहोर जलाउन प्रयोग गरिनेछ। फोहोरको समस्या अन्त्य नभए पनि न्यूनीकरण हुने चालिसेको अनुमान छ। वैशाख महिनाको हाराहारीमा मेसिन सञ्चालनमा ल्याएर स्थानीयको फोहोरमैला व्यवस्थापनको समस्यालाई न्यूनीकरण गरिने गोकर्णेश्वर नगरपालिका वडा ५ का अध्यक्ष नारायणबहादुर सुवेदीले बताए। ‘यो वडाको मुख्य समस्या भनेको फोहोर हो। फोहोर उठाउने पनि निजी संस्थाको गाडी छ,’ उनले भने, ‘ठेकेदारले पनि हाम्रो कुरा सुनेका छैनन्। वैशाख भित्रमा मेसिन सञ्चालन गरेर फोहोरमैला व्यवस्थापनको समस्या न्यूनीकरण गर्नेछौं।’

प्रकाशित: १८ चैत्र २०७५ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App