८ वैशाख २०८१ शनिबार
अन्य

सडक विस्तारको उपहार: धुलो र हिलो

धेरैले सोच्लान् सडक फराकिलो भएपछि सुविधा हुन्छ र खुसी आउँछ। तर, भक्तपुरमा भने ठ्याक्कै उल्टो भएको छ। पहिला बाटो फराकिलो नभएको बेलामा बाटो साँघुरो भएर अलिअलि मात्र जाम हुने समस्या थियो। अहिले त दिनदिनैको ‘धुलोको बाढी’ले स्थानीय हैरान भएका छन्।

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि चखुखोला पुलसम्मका सडकको एक छेउ नजिक रहेका स्थानीयबासीलाई अचेल सधैं धुलोको प्रकोपले पीडित बनाइरहेको छ।

सूर्यविनायक नगरपालिका वडा नं ८ बाट निर्वाचित पदाधिकारीले त्यहाँको जामको समस्यालाई मध्यनजर गरी आप्mनो क्षेत्रमा राजमार्ग छेउको सडक विस्तार गरे। बाटो त फराक भयो तर धुले सडकमा फागुनचैतको हावाहुरी अनि सवारीले दिने धुलोको ‘उपहार’ भनिसाध्य छैन। घाम लाग्दा धुलो र हिलो हुँदा स्थानीय हैरान छन्।

बाटो सूर्यविनायकदेखि जगातिको चख्खु खोला पुलसम्म फराक भएको हो। बाटोको एकातर्फ मात्र फराक गरिएको छ। पारीको स्थान भक्तपुर नगरपालिकाको क्षेत्र पर्छ।

स्थानीय सुशीला कासिछ्वाले पहिला कोरिडोर नबनाइँदा पानी निकासको अभावमा बाटो ढलमय हुने गरेको र हाल कोरिडोर बनिसकेपछि धुलो र हिलोको प्रकोप भएको बताउँछिन्। ‘कोरिडोर बनेपछि ढलको समस्या र जाम हुने समस्या कम हुन्छ कि भन्ने आश छ,’ उनी भन्छिन्।

सो सडक स्थानीय निर्वाचन सम्पन्न भएको दुई महिनापछि बनाउन सुरु गरिएको थियो। मापदण्डमा परेका जग्गा खाली गराएर बाटो विस्तार गरिएको थियो। अहिले भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंतिर सडक ६ लेनको भएको छ। तर त्यसभन्दा उता बनेपातिर भने सडक दुई लेन मात्र छ। यही दुई लेनमा सिमित सडकको छेउतिर सूर्यविनायक नगरपालिका वडा नं ८ ले आफ्नो क्षेत्रमा परेको जति सडक छेउ सडक विस्तार गरेको हो।

पार्लर सञ्चालिका स्थानीय प्रभा ग्वाछा भन्छिन्, ‘ठूलाहरु गाडीमा सरर गुड्छन्। तिनलाई आमीजस्ता सर्वसाधारणको दुःख के थाहा।’

सो बाटोमा दुई पांग्रेदेखि ठूला ट्रकसम्मको आवतजावत हुन्छ। बिहान ४ बजेदेखि राति ११ बजेसम्म नै बाटो व्यस्त हुन्छ।

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष किरण थापाले अरनिको राजमार्गको यस स्थानमा जहिले पनि जाम भएका कारण मापदण्डअनुसार बाटो मात्र खुला पारिएको बताउँछन्। वडाले गर्नसक्ने काम यति मात्र भएकोले यति गरिएको र बाँकी कालोपत्र लगायतको काम सडक विभागको भएको उनले बताए। उनले सर्वसाधारणलाई समस्या भएको उजुरी आएपछि पटकपटक सडक विभाग गई बाटो कालोपत्रे गर्नुप-यो हैन भने ग्राभेलसम्म भए पनि गगरिदिनुस् भनेर अनुरोध गर्दागर्दा थाकेको उनी बताउँछन्। जहिले पनि सडक विभागले बजेट छैन भन्दै टारेको उनी बताउँछन्। उनी भन्छन्, ‘यो बाटो कहिलेसम्म बन्ला, सर्वसाधारणले कति समयसम्म दुःख पाइरहनु पर्ने हो, हामी जनप्रतिनिधिलाई नै थाहा छैन।’

प्रकाशित: १८ चैत्र २०७५ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App