coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शिक्षण अस्पताल पुगेर शिक्षामन्त्रीले भने–'उपचार खर्चको चिन्ता लिनु पर्दैन'

काठमाडाैँ - बारा र पर्सामा आइतबार आएको हावाहुरीबाट घाइते भएका मध्ये  ७ जनालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा
संघीय सरकारका शिक्षामन्त्री  गिरिराजमणि पोख्रेलले भेट गरेका छन।

भेटको क्रममा उनले घाइतेहरुलाई सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएका हुन्। उनले घाइते परिवारलाई भने,‘उपचार खर्चको चिन्ता लिनु पर्दैन, राज्यले सबै ब्यवस्था गर्छ।' घाइतेसँगकाे भेटपछि उनले चिकित्सकलाई भेटेर सबै खालको बिधी प्रयोग गरेर उपचार गर्न निर्देशन दिएका छन्। 

नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं ल्याइ शिक्षण अस्पतालमा भर्ना गरिएको हो। हावाहुरीका कारण वारामा २७ र पर्सामा १ जना गरी २८ जनाको मृत्यु भएको छ। घटनामा ४ सय भन्दा बढी घाइते भएका छन्। उनीहरुको बारा र पर्साका अस्पतालमा उपचार भइरहेको छ।

नेपाली सेनाको मेडिकल टोली घटनास्थलमै रहेर उपचारमा समेत सक्रिय छ। सेनाले ८ जना चिकित्सकको टोली बारा पठाएको छ। सेनाको एक वटालीयन उद्दारमा रहेको र उनीहरुले भत्केका र अवरुद्ध सडक खुलाउने काम गरिरहेको ढकालले बताए।

प्रकाशित: १८ चैत्र २०७५ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App