बुङ्मतीको मौलिकता भत्कने खतरा

सोमबार, १८ चैत २०७५, १२ : २५ शिवहरि घिमिरे  | @shivsamir

सम्पदा बस्तिमा ३५ फिट अग्लो घर बनाउन पाइने स्पष्ट सरकारी मापदण्ड भएता पनि ललितपुरको ऐतिहासिक प्राचीन बस्ति बुङमतीमा मापदण्डलाई बेवास्ता गरिएको छ। भूकम्पअघि मौलिक शैलीमा बनाइएका घरको पुनर्निर्माण गर्दा स्थानीय मौलिकताभन्दा बाहिर गएका छन्।
सरकारी निकायले मौलिक घर बनाउनका निम्ति सहजीकरण नगरिदिएको र साँघुरो घडेरी भएकाले अग्लो घर बनाउनु परेको स्थानीय बताउँछन्। ‘हामीले नगरपालिका र वडा कार्यालयसँग बारम्बार सहयोग मागेका थियौं, तर सरकारी निकायले खासै चासो दिएनन्। त्यसैले हामीले जस्तो जान्यौं, त्यस्तै घर बनायौं,’ स्थानीय श्याम मालीले भने।

नेपाल सरकारको मापदण्डअनुसार सम्पदा बस्तिमा ढलान घर बने तापनि त्यसको निर्माण शैली मौलिकता समेटिएको हुनुपर्छ। घरको उचाइ ३५ फिटभन्दा अग्लो बनाउन पाइँदैन। तर, प्राचीन बस्तिमा यो मापदण्ड कुल्चिएर घर बनाइएको छ। बुङमतीको मौलिक शैलीअनुसार यहाँको घरको बाहिरी वालमा इँटा देखाइन्छ। घरको झानो झिंगटीmले छाउने गरिन्छ। भूकम्पअघि यहाँका धेरैजसो घर काँचो इँटाबाट पनि बनाइन्थ्यो। यसरी बनेका मौलिक घरले बनेको बुङमतीको पुरानो चिनारी बिस्तारै गुम्दैछ।

१३ सय घरधुरीमध्ये ८ सय ५३ घर भूकम्पमा भत्किए। ती मध्ये जम्मा ८० वटा घर मात्रै बनेका छन्। त्यो पनि स्थानीयको आफ्नै प्रयाशमा। अन्य घरको भग्नावशेष यथावतै छ। सरकारले दिएको पहिलो किस्ताले घरको भग्नावशेष पनि उठाउन नसकेका स्थानीयको पीडामा मलम लगाउन कोही अघि सरेका छैनन्।

३ वर्षमा १० प्रतिशत पनि घर बनेनन्
भूकम्प दिवसकै अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले रिबन काटेर बुङमतीबाटै राष्ट्रिय पुनर्निर्माण महाअभियान सुरुवात गरेका थिए। तर, बुङमतीमा हालसम्म जम्मा १० प्रतिशत घर मात्रै बनेका छन्। ती घर पनि स्थानीयले आफ्नै प्रयासमा बनाएका हुन्। यसबाहेक यहाँका ऐतिहासिक संरचना निर्माणको काम समेत अलपत्र गरेको छ। ऐतिहासिक किंवदन्ती बोकेको प्राचीन बस्तिलाई प्राथमिकतामा राख्दै त्यतिबेलाको सरकारले पुनर्निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाउँदै पुनर्निर्माणको काम थालेको थियो। तर अवस्था कस्तो छ भने कतिपय स्थानीयले भत्किएका घरको भग्नावशेष समेत हटाउन सकेका छैनन्।

१३ सय घरधुरीमध्ये ८ सय ५३ घर भूकम्पमा भत्किएका थिए। त्यसमध्ये जम्मा ७५÷८० वटा मात्रै घर बनेका छन्। अन्य घरको भग्नावशेष यथावत छ। सरकारले दिएको पहिलो किस्ताले घरको भग्नावशेष पनि उठाउन नसकेको स्थानीयको भनाइ छ। बुङमतीमा राजा मानदेवको पालामा इस्वी संवत् ६०७ ताका बस्ती बसेको इतिहास छ। प्राचीन र मौलिक बस्ति भएकाले पूरानै ढाँचामा संरचना बनाउने गरी सरकारले यस क्षेत्रबाट महाभियान थालनी गरेको थियो। तर, बस्ती पुनर्निर्माणका लागि भवन निर्माण आचारसंहिता २०७२ नमिल्ने भएपछि सरकारले नयाँ मापदण्ड बनाएर बस्ती पुनर्निर्माणको बाटो खोलिसकेको छ।

ललितपुर महानगरपालिका–२२ का वडाध्यक्ष अमिरराज शाक्यले बुङमती  हालसम्म ७५÷८० वटा मात्रै घर बनेको बताए। उनका अनुसार कतिपय स्थानीयले जर्बजस्ती मापदण्ड मिचेर घर बनाएका छन्। नगरपालिकाको मापदण्डलाई कुल्चेर यस क्षेत्रका धनी व्यक्तिले नै यसरी मापदण्ड मिचेको उनको भनाइ छ। वडाध्यक्ष शाक्यले आर्थिक अभावका कारण स्थानीयले घर बनाउन नसकेको जानकारी दिए। ‘२÷३ आनामा बनेका घर छन्। पहिलेको सानो परिवार बढ्यो। जसका कारण एउटै घरमा बसेका दाजुभाइ बीच विवाद बढ्यो छ। सरकारले दिएको अनुदान सहयोग पनि अप्ठेरो छ,’ उनले भने, ‘वडाले सकेसम्म समन्वय गरिदिएको छ।’ उनका अनुसार यो क्षेत्रलाई सम्पदा बस्तीको रुपमा सरकारले घोषित गरिसकेको छ। स्थानीयले घर बनाउँदा ३३ फिटभन्दा अग्लो बनाउन पाउँदैनन्। घरको छानोमा झिंगटी र जस्तापाता प्रयोग गर्नुपर्ने मापदण्ड छ।

बुङमती क्षेत्र विकास तथा पुनर्निर्माण समितिका अध्यक्ष प्रेमभक्त महर्जनले समिति घर बनाउनको लागि इन्जिनियरलाई तालिम दिइरहेको जानकारी दिए। उनका अनुसार सरकारी मापदण्डका कारण यसअघि पुनर्निर्माणमा ढिलाइ भएको हो। ‘हामीले सकेसम्म पहल गरिहरहेका छौं, केही स्थानीयलाई तालिम पनि दिइरहेका छौं,’ उनले भने, ‘धेरैजसो काम अहिले अघि बढिसकेको छ, स्थानीयलाई सहज हुने गरी हामीले काम अघि बढाएका छौं।’

बुङमतीभित्रका रहस्य
रहस्य १
बाइपङ्खे घोडा

धेरैलाई थाहा नहोला वर्षमा दुई दिन गोर्खास्थित मनकामना मन्दिर बन्द गरिन्छ। नवमी र दशमीको दिन भक्तजन त्यहाँ पुगेर दर्शन गर्न पाउँदैनन्। यसको रहस्य ललितपुरको ऐतिहासिक वस्ती बुङमतीभित्रको एउटा सानो घर (टहरो) भित्र लुकेको छ। त्यहीँ टहरोभित्र एउटा घोडा राखिएको छ। उक्तटहरोलाई बाइपङ्खे घोडा घर भनिन्छ। नवमी र दशमीको दिन टहरोभित्र राखिएको त्यो घोडा लिकालिन्छ। मनकामना र भैरवजात्रा सँगै यही घोडाको जात्रा गरिन्छ। पर्या सम्पदाको क्षेत्रमा काम गर्दै आएका प्रविन बज्रचार्यले यो रहस्या प्राचीन कालदेखि नै कायम रहेको बताए। ‘यो घोडा राख्ने ठाउँ पहिलेदेखिकै हो, बर्षमा दुईदिन यसलाई निकालेर जात्रा गरिन्छ,’ उनले भने, ‘त्यतिबेला गार्खाको मनकामना मन्दिर बन्द गर्ने परम्परा रहिआएको छ।’
रहस्य २.
चोयलननी

चोयलननी बुङमतीको सबैभन्दा ठूलो खाली जग्गा हो।  यसको वरिपरी रातो मच्छिन्द्रनाथ देवतालाई बुङमतीमा ल्याएका  बज्राचार्य समुदाय बस्दै आएका छन्। त्यसको केही पर माली समुदाय पनि बसोबास गर्दै आएका छन्। माली समुदायले रातो मच्छिन्द्रनाथ देवता ल्याउनको लागि सहयोग गरेका कारण माली समुदाय पनि चोयलननीको नजिकै बसेको स्थानीय बुढापाकाको भनाई छ। चोयलननीमा ३०÷३५ घर परिवार खाली ठाउँमा बस्दै आएका छन्। उनीहरुलाई पुरानो घरमा फर्काउन सकियो भने यो क्षेत्रलाई ठू्लो खुल्ला ठाउँ बनाउन सकिन्छ।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad