coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मेची नेत्रालय सेमिफाइनलमा

नेपाल पुलिस क्लब (रातो) र मेची नेत्रालय काँकडभिट्टाका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिर : नागरिक

इटहरी–  विभागीय नेपाल पुलिस क्लब काठमाडौंलाई ४–० ले पराजित गर्दैै मेची नेत्रालय काँकडभिट्टा झापा फुटबल ट्रेनिङ सेन्टर तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

दुहवी रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा सानदार जित निकाल्दै मेची नेत्रालय काँकडभिट्टाले सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो। खेलमा मेची नेत्रालयका लागि विदेशी खेलाडी आर्माइन्ड बेडुमले दुई गोल गरे। अर्को गोल विशाल राईले गर्दा थप एक गोल मेची नेत्रालयले पुलिसबाट आत्मघाती उपहार पायो।

खेलमा पहिलो हाफसम्म दुवैतर्फबाट प्रतिस्पर्धात्मक खेल हुन पुग्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो। खेलको ६१औं मिनटमा मेची नेत्रालयका विशाल राईले पहिलो गोल गरे। खेलमा एकतर्फी नतिजा हात पारेको मेची नेत्रालयका लागि ८९औं मिनटमा नेपाल पुलिसका तेज तामाङले आत्मघाती गोल उपहार दिए।

 खेलको ९०औं मिनेट र थप गरिएको अन्तिम मिनेटमा मेची नेत्रालयका तर्फबाट सहभागी विदेशी खेलाडी आर्माइन्डले गोल गरे । उनले पहिलो गोल व्यक्तिगत प्रयासमा गरे भने दोस्रो गोल पेनाल्टीमा गरे। खेलको म्यान अफ दी म्याच मेची नेत्रालयका गोलकिपर किशोर गिरी भए। उनले नगद १० हजार प्राप्त गरे।

मेची नेत्रालयले अब सेमिफाइनलमा दाउफिन्स क्लब क्यामरुन र रोयल क्लब वेस्ट बंगाल भारतबीच मंगलबार हुने खेलको विजेतासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। सोमबारको तेस्रो क्वार्टरफाइनल रुस्लान थ्री स्टार र आयोजक एलेभन एरोज क्लब दुहवीबीच हुनेछ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई नगद क्रमशः छ लाख र तीन लाख रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा विजेता र उपविजेताबाहेक खेलको म्यान अफ दी म्याचले १० हजार, धेरै गोलकर्ताले २० हजार, खेलको उत्कृष्ट खेलाडीले सामसुङको ४२ इन्च लिड टिभी, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ।

प्रकाशित: १८ चैत्र २०७५ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App