७ वैशाख २०८१ शुक्रबार
राजनीति

पीडितलाई तत्काल राहत उपलब्ध गराउन कांग्रेस नेता पौडेलको माग

काठमाडौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हावाहुरीका कारण पीडित बनेका बारा र पर्साका पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। 

आइतबार राति अचानक आएको हावाहुरीबाट बारा र पर्सामा २८ जना सर्वसाधारणले ज्यान गुमाउनुका साथै चार सयभन्दा धेरै घाइते भएका छन्।  कांग्रेस नेता पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतिबाट नेपाली कांग्रेस र आफू  निकै मर्माहत भएको बताएका छन्।

‘यो प्रकृतिक विपत्तिबाट नेपाली कांग्रेस अत्यन्तै मर्माहत भएको छ’, पौडेलले भनेका छन्, ‘मृत्तकका आफन्तलाई क्षतिपूर्ति र घाइतेको उपचार तथा राहतका लागि सरकारसँग आग्रह गर्दछु।’

वरिष्ठ नेता पौडेलले बारा र पर्सा जिल्लाका पीडितहरूको उद्धार र राहतका लागि खटिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन्। ‘यो विपत्तको घडीमा हामी सबै मिलेर उद्धार र राहत प्रदान गर्नुपर्छ’, उनले भनेका छन्,‘बिरामीहरूको उपचारमा रगतको अभाव भएको छ। अस्पतालमा पुगेर रक्तदान गर्न पनि मेरो आग्रह छ।’

 

प्रकाशित: १८ चैत्र २०७५ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App