६ वैशाख २०८१ बिहीबार
समाज

हावाहुरीमा घाइते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइदै

बारा – बारा र पर्सामा आइतबार आएको हावाहुरीमा घाइते भएका ६ जनालाई काठमाडौं ल्याइएको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको हेलिप्टर मार्फत काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्ता एम ढकालले बताए।

हावाहुरीका कारण वारामा २७ र पर्सामा १ जना गरी २८ जनाको मृत्यु भएको छ। घटनामा ४ सय भन्दा बढी घाइते भएका छन्। उनीहरुको बारा र पर्साका अस्पतालमा उपचार भइरहेको छ।

नेपाली सेनाको मेडिकल टोली घटनास्थलमा रहेको ढकालले बताए। सेनाको चिकित्सकको एक टोली बारा पठाउन लागिएको उनले बताए। सेनाको एक वटालीयन उद्दारमा रहेको र उनीहरुले भत्केका र अवरुद्ध सडक खुलाउने काम गरिरहेको ढकालले बताए।

 

 

प्रकाशित: १८ चैत्र २०७५ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App