coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हावाहुरीका कारण एकै परिवारका चार जनाको मृत्यु

बारा - भीषण हावाहुरीका कारण बारामा एकै परिवारका चार जनाको ज्यान गएको छ। फेटा गाउँपालिका पुरैनियामा इजहार मियाको श्रीमती, बुहारी र नातिनी गरि चार जनाको ज्यान गएको  स्थानीय फैयाज आलमले बताए।

त्यस्तै सोही गाउका फैजुल हक मिया ठकुराइको  श्रीमती र बुहारी को घर मै चेपिएर ज्यान गएको भने मन्जुर मिया अन्सारीको दुई वटा छोरी र मैरुदिन मियाको नातिनीको पनि ज्यान गएको छ।

प्रहरीका अनुसार उक्त गाउँपालिका अहिले नौ जनाको ज्यान गएको छ । हावाहुरीले घरको छानो भत्काउदा घरपालुवा जनावरहरु समेत मरेका छन।

त्यस्तै बिभिन्न स्थानमा बिजुलीका पोलहरु ढलेपछि गए राति देखीनै बारा र पर्सामाको विद्युत् आपूर्ति समेत बन्द भएको छ। अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा समेत अवरुद्ध छन् । ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ ।

प्रकाशित: १८ चैत्र २०७५ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App