८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश नम्बर दुईको मन्त्रिपरिषद बैठक बोलाइयो

वीरगन्ज- बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरी पछि दुई नम्बर प्रदेश सरकारले मन्त्रिपरिषदको आपतकालिन बैठक बोलाएको छ। भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलका अनुसार आपतकालिन अवस्थामा राहत र उद्दारको ठोस योजना बनाउन बैठक बोलाइएको छ।

बारा र पर्सामा आएको हावाहुरीका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या २८ पुगिसकेको छ भने सयौंको संख्यामा घाइते भएका छन्।

अहिले वीरगन्जका अस्पतालमा घाइतेको चाप बढेको छ। पर्साका विभिन्न अस्पतालमा ३ सय ५० जना भन्दा बढी घाइतेले उपचार गराइरहेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए। उनका अनुसार २ सय ५० भन्दा बढी उपचार गराएर फर्किसकेका छन्। हवाहुरीबाट बाराको चैनपुर, भलही, फेटा, त्रिवेणी, जगतपुर लगायतका गाउँ प्रभावित बनेका छन्।

 

प्रकाशित: १८ चैत्र २०७५ ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App