कलिङ्ग भिसा पाएका श्रमिक मलेसिया उड्छन् : मन्त्री विष्ट

आइतबार, १७ चैत २०७५, १७ : १० नागरिक संवाददाता

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जान कलिङ्ग भिसा आएका श्रमिकलाई श्रम स्वीकृति दिने प्रक्रिया शुरु भएको बताएका छन्। 

करिब सात हजार श्रमिक कलिङ्ग भिसा आए पनि विगत १० महिनादेखि मलेसिया जान पाएका थिएनन्। वैदेशिक रोजगार विभागले अब ती श्रमिकलाई मलेसिया जान अनुुमति दिनेछ।

‘मलेसिया सरकारले स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड पठाएको सन्दर्भमा कलिङ्ग भिसा आएकालाई आर्थिक व्यायभार नपर्ने र श्रम सम्झौताको मर्म र भावना अनुुरुप वैदेशिक रोजगार व्यावसायी तयार भएपछि श्रम स्वीकृतिको प्रक्रिया सुरु भएको छ’, मन्त्री विष्टले नागरिक न्यूजसंग संक्षिप्त कुरा गर्दै भने, ‘अब छिट्टै नै स्वास्थ्य परीक्षणको मापदण्ड आइसकेकाले त्यसअनुरुप मलेसिया श्रमिक पठाउने नयाँ प्रक्रिया पनि सुरु गरिने छ।’  

सोमवारदेखि वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी व्यवसायी संघलाई सात हजार श्रमिक श्रम स्वीकृति प्रक्रिया बढाउन अनुमति दिएको हो। व्यावसायीसंगको बैठकमा आर्थिक व्यायभार श्रमिकलाई नपर्ने र श्रम सम्झौता अनुुरुप प्रक्रिया बढाइने कुरामा सहमति भएको छ। 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad