coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आत्मनिर्भरको बाटोमा उपल्लो डोल्पाका महिला

डोल्पा – हिमाली जिल्ला डोल्पाको उपल्लो क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाका महिलाहरू आत्मनिर्भरको बाटोतर्फ उन्मुख भएका छन्। परम्परागत खेती तथा चुलोचौकोमा सीमित  शे–फोक्सुण्डो ६ का महिलाहरू सिपमुलक तथा आयआर्जनमुलक तालिम लिएर आत्मनिर्भरको बाटोमा अघि बढेका हुन।

घरेलु तथा साना उद्योग बिकास समितिको आर्थिक तथा प्राबिधिक सहयोग र शे–फोक्सुण्डो गाउँपालिकाको समन्वयमा स्थानीयस्तरमा पालिएका भेडाबाख्राबाट उत्पादित उनका झोला पटुका र ओछ्यान बन्ने तालिम लिएर महिलाहरू आत्मनिर्भरको बाटोमा अघि बढेको स्थानीय पेमा बुटी लामाले बताइन।

गाउँपालिकाको समन्वयमा संचालित तीन महिने सिकाईबुनाई तालिम लिएर स्थानीय स्तरमा उत्पादित उनबाट आफूहरूले सिप सिकेर बिभिन्न प्रकारका झोला, ओछ्यान तथा पटुका बुनेर व्यापार ब्यवसाय सुरु गरेको रिन्चेन साङमो गुरुङ्गले बताइन। उनले भनिन्,‘पहिला हामीलाई कुनै ज्ञान दिएन केवल घरमा बालबच्चा हेर्ने चुलोचौकोमा मात्र सीमित थियौ। श्रीमानको कमाइमा मात्र भर पर्नुपथ्र्यो। तर, तालिमले हामीलाई आत्मबिश्वास बढाएको छ। बुनेका सामाग्रीहरू पनि घाउँघरमै बिक्री हुँदै आएका छन्। अलि अलि कमाई पनि हुन थालेको छ।’

सिलाई बुनाई तालिमको प्रशिक्षक समेत बनेकी स्थानीय पेमा बुटी लामाले तालिम लिएका महिलाहरूले सिकेको ज्ञानसिप अरूलाई पनि सिकाउँदै लगेको र सिकेको ज्ञानलाई ब्यवहारमा उतारेर विभिन्न किसिमका उत्पादन गरेको भए पनि बजार नपाउँदा त्यतिकै थन्किएर बसेकाले स्थानीय तहले बजार ब्यवस्थापन गरे उपल्लो डोल्पाका महिलाहरूको आर्यआर्जनमा टेवा पुग्ने बताइन।

शे–फोक्सुण्डो गाउँपालिका ४ का वडाअध्यक्ष पेम्बा वाङछेन गुरुगले सिपमुलक तालिमको माध्यमबाट आत्मनिर्भर बनाउनको लागि र स्थानीयस्तरमा पालिएका भेडाच्याङग्राको उनलाई सदुपयोग गर्नको लागि पनि उनीहरूलाई  तालिम दिइएको बताए।

प्रकाशित: १७ चैत्र २०७५ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App