६ वैशाख २०८१ बिहीबार
समाज

दुई दिनदेखि सञ्चारविहीन हुम्ला

हुम्ला–शनिबार बिहान ८ बजेदेखि हिमाली जिल्ला हुम्लामा रहेको रेडियो लिङ्कको विवियु कार्डमा समस्या भएपछि सदरमुकाम सिमकोट आसपासका क्षेत्र दुई दिनदेखि सञ्चारविहीन बनेको छ। रेडियो लिङ्कमा समस्या आएपछि हुम्ला सददरमुकाम सिमकोट सञ्चारविहीन भएको हो।

सदरमुकाम सिमकोट छोपाखोर भन्ने डाँडामा रहेकोे रेडियो लिङ्कको टावरमा समस्या आएको नेपाल टेलिकम हुम्लाले जनाएको छ। रेडियो लिङ्कको टावरमा रहेको विवियु  कार्ड जलेपछि समस्या आएको र नेपालगञ्जबाट विवियु कार्ड सदरमुकाम सिमकोट पुगिसकेको र  मर्मतमा प्राविधिक खटिसकेको नेपाल टेलिकम हुम्ला शाखाले जनाएको छ।

कार्डमा समस्याका कारण टेलिफोन र इन्टरनेट अवरुद्ध भएपछि जिल्लाका सरकारी तथा गैरसरकरी कार्यालय, सञ्चारकर्मीलाई समेत समस्या भएको छ। भरपदो सञ्चार नहुँदा हुम्लामा बेलाबेला सेवाग्राहीहरुले समस्या भोग्न बाध्य हुँदै आएका छन्।

प्रकाशित: १७ चैत्र २०७५ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App