coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसले भागबन्डा खोज्यो : प्रधानमन्त्री ओली

फाइल फाेटाे

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले भागबन्डा खोजिरहेको आरोप लगाएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले प्रमुख प्रतिपक्ष दल कांग्रेसले हरेक कुरामा भागबन्डा खोजेको आरोप लगाएका हु्न्।

उनले भने, ‘सबै कुरामा कांग्रेस भागबन्डा खोजीरहेको छ।’ भागबन्डा नै खोजेर कांग्रेस संवैधानिक परिषद्को बैठकमा उपस्थित नभएको ओलीले दाबी गरे।  प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवासँग परामर्श गरेरै प्रमुख निर्वाचन आयुक्त नियुक्तिको सिफारीस गरिएको ओलीको भनाई छ ।

‘देउवासँग परामर्श गरेरै प्रमुख निर्वाचन आयुक्तको सिफारिस गरिएको हो’, उनले भने।  ओलीले सबै कुरा जानकारी भए पनि भागबन्डा खोजेरै अन्तिम समयमा देउवा बाहना बनाएर संवैधानिक परिषद्को बैठकमा  उपस्थित नभएको बताए। उनले सबै ठाउँमा भागबन्डा नहुने स्पष्ट पनि पारे।

‘औचित्य र क्षमताका आधारमा पदाधिकारी नियुक्त हुन्छन्’, ओलीले भने, ‘दलीय भागबन्डाका आधारमा हैन।’ विप्लव समूहप्रति सधैं कडा रूपमा प्रस्तुत हुने ओली आइतबार नरम देखिन्थे। 

उनले नेपालमा कुनै पनि दललाई प्रतिबन्ध नलगाएको दाबी गरे। ‘हामीले कुनै दललाई प्रतिबन्ध लगाएका छैनौं। शान्तिपूर्ण रूपमा राजनीतिक क्रियाकलाप गर्न सबैले पाउँछन्’, उनले भने, ‘विप्लव समूहले गरेका अपराधिक क्रियाकलाप माथि मात्रै सरकारले प्रतिवन्ध लगाएको हो। अपराधिक क्रियाकलापमाथि प्रतिबन्ध लगाउँदा राजनीतिक दलमाथि प्रतिबन्ध लगाइयो भनेर हल्ला चलाइयो।’

विप्लवका पक्राउ परेका कार्यकर्ता अदालतले छाड्नु कुनै अनौठो नभएको ओलीले बताए। सरकार रानीतिक हिसाबले काम गर्ने र अदालत प्रमाणका आधारमा आफ्नै तरिकारले स्वतन्त्र रूपमा काम गर्ने भएकाले प्रमाण नपुगे अदालतबाट छुट्ने ओलीको भनाई छ। ‘विप्लवका कार्यकर्ता अदालतबाट छुट्नु कुनै अनौठो हैन’, ओलीले भने, ‘प्रमाण पुगेन होला छुटे।’

उनले भर्खरै सम्पन्न  लगानी सम्मेलन उत्साहजनक भएको बताए। नेपाल सकारात्मक रूपमा विकासमा अघि बढिरहेकोले लगनाी सम्मलेनले थप मद्दत पुग्ने ओलीको धारणा छ। लगानी सम्मेलनमा विश्वभरका लगानीकर्ताको उत्साहजनक सहभागिता र प्रतिबद्धता आए पनि सन्तोषजनक भएन भन्नु ठीक नभएको बताए। उनले भने, ‘लगानी सम्मेलनमा विदेशी लगानीकर्ताको उत्साह देख्दा देख्दै पनि सन्तोषजनक भएन भन्नु ठीक हैन।’ 

प्रकाशित: १७ चैत्र २०७५ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App