८ वैशाख २०८१ शनिबार
समाज

गाउँपालिका कार्यालयमा आगजनी

सङ्खुवासभा- सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा गए राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ। रातको १२:३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन्। 

कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि आफ्नो गाउँपालिकामा आगजनी भएको स्थानीयवासीले रातको समयमा देखेका थिए। सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा रहेको सो गाँउपालिका नेपालकै अति दुर्गम गाउँपालिकाको रूपमा चिनिन्छ। 
यस विषयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले घटना कसले घटाएको हो भन्नेबारे हालसम्म एकिन हुन नसकेको र थप अनुसन्धान भइरहेको बताए। 

आजै घटनास्थलमा नेपाल सरकारको सम्बन्धित निकाय हेलिकप्टरमार्फत त्यस स्थानमा जाने प्रयास भइरहेको छ। मौसमको खराबीका कारण हालसम्म हेलिकप्टर जान सकेको छैन। हटियामा रहेको गाँउपालिकाको कार्यालय आगजनी भएपछि भोटखोलाबासीमा सन्त्रास छाएको छ। 

घटना कसबाट घटेको हो भन्नेबारे बृहत् अनुसन्धान भइरहेको र घटनास्थलमा अहिले सेना तथा प्रहरीसहितको संयुक्त टोलीले गस्ती गरिरहेको समेत प्रजिअले जानकारी दिए। रासस 
 

 

प्रकाशित: १७ चैत्र २०७५ ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App