काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) र सोमबार मोरङ र झापाका बिभिन्न कार्यक्रममा सहभागी हुँदैछन्।
काठमाडौंबाट विराटनगर अवतरण गरेर प्रधानमन्त्री ओलीले आज सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्नेछन्।
यसैगरी अपरान्ह ३ बजे ओलीले आफ्नो निर्वाचन क्षेत्रको दमकनगरपालिका परिषरमा आयोजना हुने प्रदेशन नं १ स्तरीय साहित्यिक–प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि ओलीले नगरपालिका भवनको उद्घाटन गर्नेछन्।
प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी रंगशाला सम्बन्धि सरोकारवालासँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि ओलीले गौरादह र दमकनगरपालिकाका जनप्रतिनिधिहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै सोमबार (भोली) बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि ओलीले दमकमै निर्माण गरिएको पशुपंक्षी हाट उद्घाटन गर्ने कार्यक्रम छ।
ओलीले दिउँसो साढे १२ बजे भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको गौरादहनगरपालिकास्थित स्कुलचौन माविको भवन उद्घाटन र हस्तान्तरण गर्नेछन्। त्यसपछि प्रधानमन्त्री ओली भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
प्रकाशित: १७ चैत्र २०७५ ०५:२६ आइतबार