coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रियालले एट्लेटिकोसँग अमेरिकामा खेल्ने

न्युयोर्क – मड्रिड प्रतिद्वन्द्वी रियाल र एट्लेटिकोले आगामी जुलाईमा प्री सिजनको अन्तर्राष्ट्रिय च्याम्पियन कपको पहिलो भिडन्त युरोपबाहिर खेल्ने भएका छन्।

युरोपियन संस्करण सुरु हुनुअघि जुलाई २६ मा मड्रिड डर्बी अमेरिकाको न्यु जर्सीमा भिड्न लागेका हुन्। युरोपबाहिरका समर्थकलाई पनि प्रत्यक्ष युरोपियन फुटबल हेर्न अवसर दिने उद्देश्यस्वरूप अन्तर्राष्ट्रिय च्याम्पियन कपको सुरुआत भएको थियो। त्यसैले युरोपकै अर्को स्टार क्लब एएस रोमाले पनि मेक्सिकोको सिभाससँग जुलाई १६ मा अमेरिकाकै सिकागोमा चुनौती प्रस्तुत गर्नेछ।

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानको सामना गर्ने भएको छ। उक्त खेल भने एसियन राष्ट्र सिंगापुरमा हुनेछ। त्यसकै भोलिपल्ट इटालीकै अर्को क्लब युभेन्ट्सले घरेलु मैदानमा साबिकको विजेता टोटेनह्यामको सामना गर्नेछ। युभेन्ट्सले दोस्रो खेल जुलाई २४ मा इन्टरसँग चीनमा खेल्ने तय भए पनि स्थान सार्वजनिक भएको छैन।

त्यसकै भोलिपल्ट टोटेनह्यामले इङ्लिस प्रतिद्वन्द्वी युनाइटेडको सामना चीनको संघाईमा गर्नेछ।  त्यसपछिका तीन खेल भने युरोपमा सञ्चालन हुने तय भएको छ। जसमा इटालीको क्लब एसी मिलानले युनाइटेडविरुद्ध अगस्ट ३ मा कार्डिफको मैदानमा खेल्नेछ। टोटेनह्यामले घरेलु मैदानमा त्यसकै भोलिपल्ट इन्टरविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। 

स्पेनिस क्लब एथ्लेटिकोले स्टकहोममा युभेन्ट्सलाई अगस्ट १० मा सामना गर्नेछ। जुलाई १७ मा हुने क्यालिफोर्नियाको भिडन्तमा जर्मन क्लब बायर्न म्युनिख र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ। तीन दिनपछि इङ्लिस क्लब आर्सनलले उत्तर अमेरिकी क्षेत्रमा हुने भिडन्तमा रोमालाई चुनौती दिँदा बायर्नले रियाल मड्रिडको सामना गर्नेछ। 

सोही दिन बेनफिकाले सिभाससँग क्यालिफोर्निया खेल्नेछ। अमेरिकी मैदानमा लगातार युरोपको प्रदर्शन जारी रहँदा जुलाई २३ मा रियल मड्रिडले आर्सनलविरुद्ध प्रतिस्पर्धा गर्नेछ। सोही दिन बायर्नले एसी मिलानसँग केनसास सिटीमा र एथ्लेटिकोले सिभासँग टेक्सासमा खेल्नेछन्। बेनफिकाले अमेरिकामा दुई खेल खेल्दा रोमाविरुद्ध न्यु जर्सीमा जुलाई २४ र मिलानसँग जुलाई २८ मा मासाचुसेट्समा खेल्नेछ। 

 

प्रकाशित: १७ चैत्र २०७५ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App