८ वैशाख २०८१ शनिबार
राजनीति

सुनिता हत्याको विरोध गर्दै अधिकारकर्मी सडकमा

दोषीलाई कारबाहीको माग गर्दै वीरगन्जमा शनिबार बिहान भएको प्रदर्शन।

वीरगन्ज - चिकित्सक पतिको कुटाइबाट वीरगन्ज महानगरपालिका–२० हरपतगञ्जकी ४५ वर्षीया सुनिताको निधन भएको भन्दै अधिकारकर्मीहरूले शनिबार बिहान वीरगन्जमा विरोध प्रदर्शन गरेका छन्। अधिकारकर्मीहरू विरोध -यालीसहित नगर परिक्रमा गरेका थिए।

नगर परिक्रमापछि आयोजित कोणभसामा बोल्ने महिला अधिकारकर्मी, सामाजिक कार्यकर्ता र महिला नेतृहरूले घटनाका दोषी पति र संलग्न परिवारका सदस्यलाई हदैसम्मको कारबाहीको माग गरे। दोषीलाई सर्वस्वसहित जैन्मकैद हुनुपर्ने उनीहरूको माग छ।

पतिको कुटपिटबाट घाइते भएको भनिएकी सुनिताको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो। वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सचितानन्द यादवले जेठी पत्नी सुनितालाई एक दशकअघिदेखि कुटपिट र दुव्र्यवहार गर्दै माइती पक्षको आरोप छ। २०५९ फागुन ९ मा उनीहरूको विवाह भएको थियो। विवाहमा माइती पक्षले दाइजो र अन्यसहित १९ लाख रुपैयाँ खर्च गरेको थियो। विवाह भएको दुई वर्षपछि माइतबाट थप दाइजो ल्याउन दबाब दिँदै सुनितामाथि अमानवीय व्यवहार हँुदै माइती पक्षले जनाएको छ।

पछिल्लो पटक चैत ६ गते साँझ भएको घरेलु हिंसाको घटनामा परी अचेत बनेकी सुनितालाई उपचारका लागि गण्डक अस्पताल पु¥याइएको थियो। सुनिताको जीउमा दर्जनौं घाउचोट र डाम बसेको पाइएको थियो। आइरन तताएर डाम्नुका साथै करेन्टको झट्का दिइएको, बिजुलीको तारले कुटपिट गरिएको माइती पक्षको आरोप छ। सुनितालाई उनका पति डाक्टर सचितानन्दले कुटेर मारेको सुनिताका मामा नागेन्द्र यादवले बताए।

यता प्रहरीले आरोपित डाक्टर सचितानन्दलाई पक्राउ गरे पनि प्रहरीले सुरुमा थुनुवा कक्षमा नराखी नारायणी उपक्षेत्रीय अस्पतालको वातानुकूलित कक्ष (आइसियु) मा राखेको थियो। आरोपित डाक्टर बिनाकारण वातानुकूलित कक्षमा राखिएको भन्दै सामाजिक संजालमा आलोचना भएपछि पर्सा प्रहरीले शुक्रबार राति नै यादवलाई पहिले जेनरल वार्डमा र पछि प्रहरी हिरासतमा सारेको थियो।

मृतक सुनिताका माइती पक्षले आरोपित डाक्टर सचितानन्द, ससुरा नागेन्द्र यादव, सासु आशादेवी र देवर अचितानन्द यादवविरुद्ध चैत १२ गते ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएका थिए। सो ज्यान मार्ने उद्योगलाई अब कर्तव्य ज्यान मुद्दामा रूपान्तर गरी अनुसन्धान अघि बढाइने पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए।

अनवरत दुर्व्यवहार
सुनिताको माइती पक्षका अनुसार सुनिताले करिब १४ वर्षदेखि दुव्र्यवहार र कुटपिट भोग्दै आएकी थिइन्। ‘२०५९ फागुन ९ मा धुमधामसाथ १९ लाख रुपैयाँभन्दा बढी खर्च गर्दै तय भए अनुसारको दाइजोसहित खुसीसाथ बिहे भएको थियो। डाक्टर श्रीमान् पाउने कुराले बहिनीले आफूलाई निकै सौभाग्यशाली मानेकी थिई। बिहे भएको दुई वर्षसम्म ठिकठिकै थियो। डाक्टर सचितानन्द पढाइ पूरा गरेर वीरगन्ज फर्केपछि भने सुनिताको खुसीमा ग्रहण लाग्न सुरु भयो,’ सुनिताका दाजु जयप्रकाश यादवले भने, ‘डाक्टर श्रीमान्का लागि माइतीबाट मारुती गाडी मागेर ल्याऊ भनेर सासुले पठाइन्, त्यसपछि क्लिनिकका लागि गण्डक चोकनेर भएको पैतृक जग्गामध्ये एक कठा माग्न थाले।’

पूर्व–सांसदसमेत रहेका दाजु जयप्रकाशका अनुसार घर पक्षबाट सुनिताउपर दाइजोको माग बढाउँदै निरन्तर कुटपिट र दुव्र्यवहार हुनथाल्यो। त्यही क्रममा एक दिन सुनितालाई कुटपिट गरेर अचेत बनाएको थाहा पाएपछि माइती पक्षले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए। अब उप्रान्त सुनितालाई दुःख नदिने भन्दै डाक्टर सचितानन्दले २०६२ असार २ मा जिल्ला प्रशासनमा लिखत गरेका थिए। लिखत गरे पनि दुव्र्यवहार हुने क्रम भने नरोकिएको माइती पक्षको आरोप छ। डाक्टर सचितानन्दले दाइजोकै लागि २०६४ सालमा बिहार चम्पारणको रमगढवाकी केटीसँग असोजमा अर्को बिहे गरेको सुनिताका दाजु जयप्रकाशले बताए। शनिबार बिहान वीरगन्ज घण्टाघरमा सञ्चारकर्मीसँग कुरा गर्दागर्दै उनी निकैबेर भक्कानिएका थिए।

‘उसको दाम्पत्य जीवन एक दिन समयसँगै ठिक होला भन्ने झिनो आशा थियो, बहुविवाहको मुद्दा दिएर पारिवारिक समस्या चर्काउनुभन्दा आन्तरिक मेल गराउन खोज्नु गल्ती भयो,’ जयप्रकाशले भने। सुनिताका भिनाजु हरिखेतान बहुमुखी क्याम्पस प्रमुख डाक्टर भगवान् प्रसादका अनुसार सुनिताले आफ्नो नागरिकता बनाउन जब–जब कुरा उठाइन् उनीप्रति नराम्रो व्यवहार अझ बढ्यो। सुनिताको नागरिकताका लागि सनाखत गर्नुपर्ने कागजमा सही गर्न डाक्टर सचितानन्दले आलटाल गर्दै आएका थिए।

प्रकाशित: १७ चैत्र २०७५ ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App