coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नीति आयोगमा राजभण्डारी र ढकाल

मकवानपुर – प्रदेश–३ को प्रदेश नीति तथा योजना आयोगमा दुईजना सदस्य नियुक्त गरिएको छ। बुधबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दुईजना सदस्य थप्ने निर्णय गरेको हो। प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आयोगका सदस्यहरूमा डा. रेणु राजभण्डारी र डा. रामचन्द्र ढकाल नियुक्त गरेको हो।

राजभण्डारी र ढकालसँगै आयोगमा सदस्यको संख्या चार पुगेको छ। नियुक्तिसँगै प्रदेश नीति तथा योजना आयोग चार सदस्यीय बनेको छ। यसअघि आयोगको उपाध्यक्षमा डा. खिमलाल देवकोटा र सदस्यमा श्याम बस्नेतलाई मात्र नियुक्त गरिएको थियो। बाँकी एक जना सदस्य पछि नियुक्त गरिने आयोगका उपाध्यक्ष डा. देवकोटाले जानकारी दिए।

नीति तथा योजना आयोगको पदेन अध्यक्षमा मुख्यमन्त्री रहने कानूनी व्यवस्था छ। आयोगले पहिलो आवधिक योजना (आव २०७६÷७७ र २०८०÷८१)को आधारपत्र प्रकाशित गरिसकेको छ।

प्रकाशित: १७ चैत्र २०७५ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App