६ वैशाख २०८१ बिहीबार
समाज

अपराध नियन्त्रणमा सहयोग गर्ने नागरिकलाई सम्मान

सुर्खेत– अपराध नियन्त्रण र शान्ति सुरक्षामा प्रहरीलाई सहयोग गर्ने नागरिकलाई सम्मान गर्न सुरु गरेको छ। प्रहरीले हरेक महिना एक जना नागरिकलाई अपराध नियन्त्रण, शान्ति सुरक्षा र अमनचयन कायम गर्न जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने मध्ये एक जनालाई सम्मान गर्न थालेको हो। ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत शान्ति सुरक्षा, अपराध नियन्त्रणलयागतका कार्यमा सहयोग पु-याउने मध्येबाट हरेक महिना एक जनालाई सम्मान गर्ने निर्णय गरेका छौं’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले भने, ‘चैत महिनाको जिम्मेवार नागरिक सम्मानबाट वीरेन्द्रनगरका हर्कबहादुर बुढालाई सम्मान गरेका छौं।’

प्रहरीका अनुसार चैत छ गते बेलुका साढे चार बजेतिर छ वर्षीया बालिकालाई अपहरण गरेर बुलबुलेतर्फ लिँदै गरेको अवस्थामा बुढाले आफ्नो ज्यानको प्रवाह नगरेर बालिकालाई अपहरणमुक्त गरेका थिए। बुढाकै सहयोगमा अपहरणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अपहरण तथा शरीर बन्धक अभियोगमा अनुसन्धान गरिरहेको छ। 

घिमिरे उत्कृष्ट प्रहरी 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले हरेक महिना विभिन्न क्षेत्रमा उत्कृष्ट प्रहरीलाई सम्मान गर्दै आएको छ। फागुन महिनाको उत्कृष्ट प्रहरीको सम्मान जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक निरञ्जन घिमिरेले प्राप्त गरेका छन्। यस्तै इलाका प्रहरी कार्यालय लेकवेशीका प्रहरी नायव निरीक्षक मोहनलाल कुमाईले लागूऔषध नियन्त्रणतर्फको पुरस्कार प्राप्त गरेका छन्। लेकवेशीका विभिन्न ठाउँमा लगाइएको अफिम नष्ट गरेर उत्कृष्ट काम गरेको भन्दै उनलाई लागूऔषध नियन्त्रणतर्फको पुरस्कार दिइएको हो।

यस्तै समुदाय–प्रहरी साझेदारी कार्यक्रमतर्फ महिनाभर सबैभन्दा धेरै जनचेतनामूकल कार्य गरेवापत प्रहरी हवल्दार गणेशबहादुर खत्रीलाई पुरस्कृत गरिएको छ। ‘स्रोत, साधन तथा जनशक्तिको उच्चतम सदुपयोग, मानव अधिकारको सम्मान, भौगोलिक अवस्था, समुदाय र प्रहरीबीच असल सम्वन्ध कायम गरी समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका मध्येबाट उत्कृष्टहरुलाई सम्मान गरेका हौं’ एसपी रजौरेले भने, ‘यसलाई हरेक महिना निरन्तरता दिन्छौं।’

प्रकाशित: १६ चैत्र २०७५ १५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App