coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डरैडरमा रात कटाउँछन् रिगावासी

तस्बिर : पहिरोको उच्च जोखिममा रहेको रिगा गाउँ

मुगु - रिगा गाउँपालिका ८ र १० मा फागुन लागेसँगै पहिरोको डर बढ्न थालेको छ। स्थानीयवासी पहिरो झर्ने डरले त्रासैत्रासमा रात बिताउन बाध्य भएका छन्। 

गाउँमाथि रहेको चट्टाने पहाड गाउँवासीको टाउको दुखाइ बनेको छ। वर्षाको समय आएसँगै गाउँमा पहिरोको जोखिम हुने र भूकम्प आउने डरले भीर नै लडेर गाउँ पुर्ने हो कि भन्ने सधैं चिन्ता लागिरहने ५३ बर्से स्थानीय मनरुप शर्माले बताए। बेला बेला बाजुरा जिल्लाको रुगिन केन्द्र विन्दु भएर भूकम्प गइरहने भएकाले डर लाग्ने गरेको उनी बताउँछन्। 

२०५९ सालमा गाउँ माथिबाट गएको पहिरोले विद्यालय र गाउँका एक दर्जन गाईवस्तु पुरेदेखि हरेक फागुन लागेसँगै स्थानीयमा त्रास छाउने गरेको शर्माले सुनाए।

रिगा गाउँका १ सय १५ घरधुरीका स्थानीय वर्षा लागेपछि डरले गाउँको बीचमा रहेको पिपल चौतारीमा रात कटाउँछन्। तर यस वर्षदेखि विद्यालयमा पनि उस्तै त्रास बढेको भन्दै शिक्षकहरु पनि त्रसित बनेका छन्। हिजोआज हावाहुरी चल्नेबित्तिकै विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको नेपाल आधारभूत विद्यालय रिगाका प्रधानाध्यापक केशव रोकायाले बताए। विद्यालयका भवन र छाना जीर्ण रहेकाले पानी पर्दा कोठा चुहिने तथा हावा चल्दा छाना उडाउने भएकाले पनि विद्यालयले नियमित समस्या झेल्नु परिरहेको प्रधानाध्यापक रोकाया बताउँछन्। 

गाउँ पूरै पहिरोको उच्च जोखिममा रहेको र बस्ती सुरक्षित स्थानमा सार्न हरेक पटक निर्वाचनमा राजनीतिक दलले प्रतिबद्धता गरे पनि कसैले पहल नगरिदिएको स्थानीय मनोज गिरीले बताए। सुरक्षित बसोवासका लागि राजनीतिक तहबाट पहल भइरहेको नेताहरुले दाबी गर्दै आए पनि सरकारी निकायबाट र अहिलेको स्थानीय तहबाट समेत कुनै चासो नदिएको उनले बताए। 

खत्याड गाउँपालिकामा बाढी पहिरोको उच्च जोखिममा रहेका गाउँ बस्तीहरुको पहिचान गरि सुरक्षित आवास व्यवस्थापन गर्न रणनीति बनाए पनि आवश्यक बजेट नआउँदा काम अगाडि  बढाउन नसकिएको खतयाड गाउँपालिकाका अध्यक्ष उब्जनबहादुर शाहीले बताए। असुरक्षित गाउँ बस्तीलाई सुरक्षित स्थानमा स्थानानान्तरण गर्ने गाउँपालिकाले नीति पास गरी सकेकाले बजेट व्यवस्था हुने बित्तिकै प्रारम्भिक कार्य थालिने अध्यक्ष शाहीले बताए।

 

प्रकाशित: १६ चैत्र २०७५ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App