८ वैशाख २०८१ शनिबार
समाज

पूर्वप्रधानमन्त्री चन्दको सुरक्षामा रहेको गाडीले ठक्कर दिएको भिडियो भाइरल

काठमाडौं- पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा रहेको सशस्त्र प्रहरीको पछुवा गाडीले एक स्कुटरलाई ठक्कर दिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।

शुक्रबार साँझ बबरमहल नजिक बा. १ झ ९५२७ को सशस्त्र प्रहरीको पछुवा गाडीले ठक्कर दिएर वेवास्ता गर्दै गुडेको थियो। भिडियोमा गाडिको पछाडिको भागले ठक्कर दिएपछि स्कुटर चालक महिला बिच सडकमै लडेकि थिइन्।

सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले घटनाको विषयमा अनुसन्धान हुने बताए। भीआइपीलाई पछ्याइरहेको समयमा छोड्न नमिल्ने सुरक्षा शिद्धान्त भए पनि दुर्घटनाको विषयमा छानविन हुने उनले बताए।

‘दुर्घटना के कसरी भएको हो छानविन हुन्छ’, श्रेष्ठले भने, ‘दोषि देखिएमा कारबाही गर्छै।

पूर्वप्रधानमन्त्री चन्दले फेसवुकमा स्ट्याटस लेख्दै उक्त घटनाबारे आफुले शनिबार मात्रै थाहा पाएको बताएका छन्। ‘मिती २०७५/१२/१५ गतेका दिन नयाँ बानेश्वर स्थित ५:४५ बजे तिर मेरो सुरक्षामा रहेको भ्यान र एउटा स्कुटर दुईवटा गाडीको बिचमा परेर आतिएर भ्यानको पछिल्लो भागमा ठोकिँदै लडेको र लगत्तै उठि हिडेको मलाई आज १६ गते सुरक्षा कर्मीले जानकारी गरायो’, उनले लेखेका छन्, ‘यसमा म अनविज्ञ थिए तर विभिन्न फेस्बुक,मिडियाहरु मा मेरो बारेमा विभिन्न नराम्रा कमेन्ट देख्दा म दुखित छु। साथै स्कुटरमा सवार ब्याक्ती को हुन यदि कुनै किसिमको चोटपटक लागेको भएमा म भेट्न जानेछु जानकारी दिन अनुरोध गर्दछु। धन्यवाद!’

हामीले गणतन्त्र ल्याएको यसरि टोछे 'पारस'हरु जन्माउन हो ! VIP सुरक्षाको नाममा ज्याा लिन खोज्नेमाथि कारवाही होस् । @Hello_Sarkar @APFNepalHQ@PM_Nepal pic.twitter.com/fN5EVzngtk

— Ashok

प्रकाशित: १६ चैत्र २०७५ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App