coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जीपको ठक्करबाट दुईको मृत्यु

राँझा- बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। 

दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए। 

उनका अनुसार, मृतक दुवै स्कुटी चालक हुन्। गएराति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मदनचोक नजिकै चौधरी र शाहीले चलाएको भे ५ प १४२० र भे ८ प २१६५ नं को स्कुटी एकआपसमा जुधेको बेला तीव्र गतिमा आएको बा १५ च २०९६ नं को स्कारपियोले दुवैजनालाई ठक्कँर दिएको थियो।  

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक विसीले जानकारी दिए। चालक रोशन वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: १६ चैत्र २०७५ ०९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App