७ वैशाख २०८१ शुक्रबार
कला

प्रियंका र आयुष्मानको ‘अर्को जुनी’ दुई दिनमै ट्रेन्डिङमा नम्बर वान

काठमाडौं– अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अभिनित ‘अर्को जुनी खै कुन्नी...’ बोलको गीत युट्युबको ट्रेन्डिङमा पहिलो नम्बरमा आएको छ।

बिहीबारमात्रै रिलिज भएको गायक सरोज ओली र मेलिना राईको उक्त गीतले युट्युबमा सबैलाई उछिनेको हो। दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन्।

कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिश फागोले गरेका हुन्।  

वैवाहिक कार्यका विविध दृश्यहरु म्युजिक भिडियोमा समेटिएको छ। मेहन्दी, हल्दीदेखि विवाह मण्डपदेखि प्रियंकालाई आयुष्मानले डोलीमा चढाएर लगिएका दृश्य म्युजिक भिडियोमा छ।

फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउसलगायतका स्थानमा म्युजिक भिडियो छायांकन गरिएको हो।

यसअघि सरोज र मेलिनाको स्वरमा रहेको ‘माछीले खाने खोलीको लेऊ...’ गीतले एक महिनामै करोड दर्शक पाएको थियो।

भिडियाे: 

 

प्रकाशित: १६ चैत्र २०७५ ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App