coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अवैध रुपमा लगाइएको अफिम खेती नष्ट

अफिम खेती नष्ट गर्दै सशस्त्र प्रहरी गुल्म नम्बर ४७ को टोल । तस्बिरः लोकेन्द्र/नागरिक

रुकुम- रुकुम (पश्चिम)मा अवैध रुपमा गरिएको अफिम खेती सशस्त्र प्रहरीले नष्ट गरेको छ। जिल्लाको आठबीसकोट नगरपालिका १२ ठुलीबार्खुका विभिन्न ठाउँमा गरिएको लागुऔषध अफिम खेती सशस्त्र प्रहरीले नष्ट गरेको हो।

लागूऔषध अफिम महँगो मुल्यमा बिक्री हुने भएकाले स्थानीयवासी अफिमको खेती गर्छन्। नियमित अन्नबालीको खेतीभन्दा अवैध अफिम खेतीमा कम लगानी र परिश्रम पनि धेरै गर्नु नपर्ने भएकाले स्थानीयले जोखिम मोलेर भए पनि यसको खेती गर्दै आएका छन्।

अफिम खेती भएको जानकारी पाएलगत्तै जिल्ला सुरक्षा समितिको बैठकबाट सशस्त्र प्रहरीकाे टोली उक्त क्षेत्रमा गएको सशस्त्र प्रहरी गुल्म नम्बर ४७ रुकुमका प्रहरी नायव उपरिक्षक पूर्ण कुंवरले जानकारी दिए।  टोलीले करिब दुई कठ्ठा क्षेत्रफलमा गरिएको अफिम खेती नष्ट गरेको हाे।

अफिम खेती कसले गरेको हो भन्नेबारेमा पहिचान नभएको उनले बताए। गहुँबाली उत्पादन हुने खेतबारीमा नै अवैध लागुऔषध अफिमको खेती गरेको पाइएको डिएसपी कुंवरले बताए। सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र जिसीको नेतृत्वमा गएको १६ जनाको टोलीले त्यहाँका अन्य ठाउँमा पनि अफिम भए पहिचान गरेर नष्ट गर्ने काम गरिरहेको बताइएको छ।

गाउँघरदेखि टाढा र भीरपाखाको जग्गामा खेती गर्ने हुनाले जग्गाधनी पत्ता लगाउन कठिन भएको बताइएको छ। अफिम खेतीबारे सोधखोज गर्दा स्थानीयले समेत सही जानकारी नदिने हुँदा अवैध अफिम खेती नियन्त्रण गर्न समस्या भएको डिएसपी कुंवरले जानकारी दिए।

प्रकाशित: १६ चैत्र २०७५ ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App