उदाउँदो चीन– १०

चीनको विकास, जहाँ अर्थशास्त्री असफल भए

शनिबार, १६ चैत २०७५, १३ : २५ कैथ ब्रड्शर/ ली युआन

चीनलाई अमेरिकी अर्थशास्त्री मिल्टन फ्रायडम्यानले दिएको सन्देश थियो– धनी हुन स्वतन्त्र हुनैपर्छ। यो सन्देश उनले सन् १९८८ मा दिएका थिए। त्यतिबेला सोभियत संघ ढल्मलाइरहेथ्यो। पूर्वी युरोपमा कम्युनिष्ट व्यवस्था विघटनको संघारमा थियो। आफूलाई विघटनबाट जोगाउन चिनियाँ कम्युनिष्ट पार्टीले अर्थतन्त्रबाट धेरथोक हात झिक्ने बाटोतर्फ लाग्यो। तर खाना र अन्य दैनिक आवश्यकताका सामग्रीको मूल्य व्यवस्थापन ठूलो समस्या थियो। त्यसैले पार्टीको सुधार चाहनेहरुले सल्लाह खोज्न थाले।

उनीहरुले आर्थिक स्वतन्त्रताका पक्षपाती एवं नोबेल पुरस्कार विजेता प्रायडम्यानलाई चुङ्नानहाईमा निम्ता गरे। चुङ्नानहाई बेइजिङमा अवस्थित उच्च तहका नेताहरुको कार्यस्थल र वासस्थान हो। त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन नेता झाओ जियाङसँगको वार्तामा फ्रायडम्यान जति विनम्र थिए त्यति नै आग्रही पनि। बेइजिङले आफ्ना जनता सफल भएको चाहने हो भने जतिसक्दो छिटो अर्थतन्त्रबाट राज्यले हात झिक्नुपर्छ भन्ने फ्रायडम्यानको मुख्य धारणा थियो।

‘मलाई आशा चिनियाँ जनता सुदृढ र समृद्ध हुनेछन्’, फ्रायडम्यानले झाओसँग भनेका थिए, ‘म चीनको सुधार सफल भएको हेर्न चाहन्छु जसले सिंगो मानवजातिको प्रगतिका लागि योगदान गर्नेछ।’

चीन श्रृंखलाबारे यो पनि पढ्नुहोस् :

यसरी फेरियो चीन

विश्व अर्थतन्त्रमा यसरी पुग्यो चीन

देशभक्तिले जोडेको सपना

चीनमा सुधार र खुलापनाका चालिस वर्ष

चीनले भने फरक बाटो रोज्यो। झाओ र अन्य सुधारवादीहरुलाई अर्को वर्ष बेदखल गरियो। पार्टी शक्तिलाई चुनौती दिनेलाई रक्तपातपूर्ण शिक्षा दिन तियानमेन स्क्वायरमा ट्यांक पठाइयो।

यसको साटो चीनले सुधारको आफ्नै बाटो रोज्यो। उसले उद्यमीहरुलाई आफ्नो भविष्यको खोजी आफैँ गर्न स्वतन्त्र छोड्दिँदादिँदै पनि आवश्यक आर्थिक उत्तोलकहरुमा भने राज्यको कडा नियन्त्रण राखिरह्यो। उसले राष्ट्रिय लक्ष्य तय गर्‍यो र जनता एवं कम्पनीहरुलाई उक्त लक्ष्य भेटाउन जोडबल गर्‍यो। उसले आफ्नै गतिले संसारको लागि ढोका खोल्यो। र चिनियाँ कम्युनिष्ट पार्टी कसरी दौडिन्छ भन्ने पनि देखायो।

फ्रायडम्यान र अन्य प्रसिद्ध अर्थशास्त्रीहरुका अनुसार त यो चिनियाँ रणनीति असफल हुनुपथ्र्यो। केन्द्रीकृत ढंगले योजना बनाइएका अर्थतन्त्रले भ्रष्टाचार र फोहोर मात्र उत्पादन गर्नुपथ्र्यो। सरकारका ठूला महत्वाकांक्षाले भविष्यको पुस्तालाई ऋणपासोमा बाँध्नुपथ्र्यो। मूल्य नियन्त्रणले असिमित माग र भोक सिर्जना गर्नुपथ्र्यो।

सोभियत संघको इतिहासले त यस्तै प्रमाणित गरेको थियो।

तर ती विद्वानहरु गलत साबित भए। चीन समृद्ध बन्यो।

अहिले चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र बनेको छ। करोडौं चिनियाँ जनता गरिबीबाट मुक्त भएका छन्। यो संसारकै ठूलो अटो कारखानाको घर बनेको छ। संसारका दोस्रा ठूला खर्बपतिहरु र संसारकै सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता यहीँ बस्छन्। संसारकै धनी र शक्तिशाली प्रविधी कम्पनिमध्ये केही चीनमा छन्।

चीनले अरुको देखासिकी गरेर होइन आफ्नै खालको मोडल बनाएर सफलता प्राप्त गरेको हो। उसले पश्चिमा जगतसँगबाट केही शिक्षा त लियो तर चाहिएजत्ति मात्र। आफूलाई आवश्यक नभएको विचार उसले त्यागिदियो।

चीनले अरुको देखासिकी गरेर होइन आफ्नै खालको मोडल बनाएर सफलता प्राप्त गरेको हो। उसले पश्चिमा जगतसँगबाट केही शिक्षा त लियो तर चाहिएजत्ति मात्र। आफूलाई आवश्यक नभएको विचार उसले त्यागिदियो। उसले आफैँलाई संसारसम्मुख आवश्यक मात्रामा खुला राख्यो तर त्यसको गति नियन्त्रण गर्ने ब्रेक पनि बनायो। उसले लक्ष्यहरु निर्धारण गर्‍यो र त्यो लक्ष्य भेटाउन सरकारी पैसाको आडमा काम गरायो। उसले आफ्ना जनतालाई पैसा कमाउन र खर्च गर्न छुट दियो तर सौदाबाजी गर्न दिएन। उद्यमीहरुले चीन त बनाए तर चिनियाँ कम्युनिष्ट पार्टीले उनीहरुलाई एउटा सीमामा नियन्त्रण गरिरह्यो।

एसिया र ल्याटिन अमेरिकाका अन्य देशको सफलताको कथा भने अनेक आर्थिक हण्डर र ठक्करसँग जोडिएका छन्। उनीहरुले विदेशी विद्धानहरुले भने अनुसार बजेट कटौती गरे जसले आर्थिक वृद्धिलाई नै असर पुर्‍यायो। उनीहरुले आफू प्रतिस्पर्धाका लागि तयार नहुँदै संसारको निम्ति व्यापार र लगानीको ढोका खोले। परिणाम, विश्वव्यापी मन्दीको शिकार पनि भए। यस विपरीत चिनियाँ सरकारले भने बिस्तारै सुधार गर्‍यो। आफ्नो शासनलाई भित्री वा बाहिरी शक्तिबाट चुनौती आएको बखत त उसले सुधार प्रक्रिया रोक्यो पनि। सन् १९९७ मा एसियामा र सन् २००८ मा विश्वमा आएको वित्तीय संकटको बेलामा अरु देश संकटग्रस्त हुँदा चीन भने थप सुदृढ भयो।

चिनियाँ अर्थतन्त्र अहिले पश्चिमा चिन्तनको विकल्प बनेर देखा परेको छ। चिनियाँ कम्युनिष्ट पार्टीले गरेको निणयले उसलाई तियानेमन स्क्वायरको घटना यताका परिक्षणमा सही साबित गरेको छ।

चीनका मुख्य लक्ष्य छन् – अर्थन्त्र उकास्ने, देशको हावा र पानी स्वच्छ राख्ने र जनताको माग पूरा गर्ने। तर यी लक्ष्यसम्म पुग्न चीनलाई अहिले हम्मेहम्मे परेको छ। आर्थिक वृद्धि उच्च राख्ने उसको प्रयासले चीनलाई हजारौं खर्बौं डलरको ऋणमा पारेको छ जबकि संसारले भने चीनको औद्योगिक उत्पादनजत्तिकै हुने महत्वाकांक्षा राखिरहेछ।

तीन दशकसम्म स्वतनत्रता र स्वेच्छाचारितालाई सन्तुलनमा राख्ने अभ्यास गरेपछि सि जिङफिङको नेतृत्वमा रहेको वर्तमान चीन भने राज्य नियन्त्रणतर्फ बढी केन्द्रित भईरहेछ। चिनियाँ कम्युनिष्ट पार्टीले जतिसक्दो हिस्सा ओगटेको छ जुन हिस्साको सिर्जना उद्यमीहरुले गरेका हुन्।

मिल्टन फ्रायडम्यान सही साबित पनि हुनसक्छन्।

अथवा चीनले नयाँ बाटो खोज्नेछ।

एक पछि अर्को गरेर आफूलाई जान्ने भन्ठान्ने धेरै नेता र अर्थशास्त्रीलाई अस्विकार गरेको छ। ताइवानमा जन्मेर पछि चीन पुगेको विश्व बैंका पूर्व प्रमुख अर्थशात्री जस्टिन लिन यिफु भन्छन्, ‘चीनले पश्चिमामात्र होइन लगभग संसारका सबैजसो देश, बहुपक्षीय संस्थाहरु, प्राज्ञीक र विद्वानहरुको विचार अस्विकार गरेको छ।’

पिञ्जराको छटपटिरहेको पंक्षी

सन् १९८९ मा भएको तियानमेन स्क्वायरको घटनापछि चीनका सर्वोपरि नेता तङ स्याओपिङ चिन्तित भएका थिए। उनको महान् चिनियाँ परिक्षणले असफलताको सामना गर्नुपरेको थियो। आम जनताले आर्थिक उन्नति गर्ने परिकल्पना राखेर उनले देशलाई सांस्कृतिक क्रान्तिको होहल्लाबाट मुक्त गराएका थिए। किसानहरुलाई आफ्नो ईच्छा अनुसार बिक्री गरेर नाफा कमाउने छुट दिइएको थियो। उद्यमीहरु विशेष आर्थिक क्षेत्रहरुमा गए जहाँ उनीहरुले कम कर तिरेर आफ्नै छनौट अनुसारको व्यवसाय गर्न पाउँथे। परिणाम स्वरुप, चिनियाँ अर्थतन्त्र उँभो लाग्यो। करोडौं जनता गरिबीबाट मुक्त भए। चीनको आर्थिक वृद्धि संसारकै लागि लोभलाग्दो हुनपुग्यो।

यो आर्थिक छलाङले मुद्रास्फिति र भ्रष्टाचार पनि बढायो। तियानमेन स्क्वायरमा मारिएका मानिसहरु केवल प्रजातन्त्रका पक्षपाती थिएनन्। उनीहरु चामल, तरकारी र भिनेगरको मूल्यमा भएको अत्याधिक वृद्धिका कारण आक्रोशित साधारण जनता पनि थिए। सुधारकहरु बेदखल गरिए र उनीहरुको ठाउँमा पुगेका कट्टरपन्थीहरुले राज्यको नियन्त्रणलाई पुनः स्थापित गराए।

सन् १९९० यता विदेशी लगानीकर्ताहरु भाग्न थाले भने चिनियाँ कम्युनिष्ट पार्टीका केही कार्यकर्ताले उद्यमीहरुलाई दबाउन शुरु गरे। चीनको आर्थिक वृद्धि छलाङका वर्षमाभन्दा एक तिहाईले खस्कियो। यो स्थितिबाट तङ स्याओपिङ चिन्तित भएका थिए। एउटा सानो झिल्को नसल्किकनै कम्युनिष्ट पार्टीले चीनमा नियन्त्रण गुमाउला भन्ने डर उनमा थियो। त्यसैले उनले सुधारलाई नै फेरी एकपटक अजेन्डा बनाए।

सही सन्तुलनको छनौट नै आधुनिक चीनको आर्थिक आधार बन्ने थियो। अर्थतन्त्रलाई आफ्नो पकडबाट धेरै मुक्त गरिदिँदा कम्युनिष्ट पार्टीको शक्ति नै क्षय हुने डर थियो। धेरै पकड राख्दा देशकै आर्थिक वृद्धिमा असर पर्ने डर थियो।

चिनियाँ अर्थतन्त्रको सुधार कहिले यता त कहिले उता गर्दै हल्लिरहेको छ। तर सँगसँगै यो एउटा निश्चित मोडलमा फिट भएको छ। आधुनिक चीनका योजनाकारमध्ये एक चेन युनका अनुसार त्यो मोडल ‘पिञ्जरा अर्थतन्त्र’ हो। सरकारी नियन्त्रको पिञ्जराभित्र अटाउनेगरी उद्यमीहरु आफ्ना पखेटा फैलाउन स्वतन्त्र छन्।

चीनले सुधारको आफ्नै बाटो रोज्यो। उसले उद्यमीहरुलाई आफ्नो भविष्यको खोजी आफैँ गर्न स्वतन्त्र छोड्दिँदादिँदै पनि आवश्यक आर्थिक उत्तोलकहरुमा भने राज्यको कडा नियन्त्रण राखिरह्यो।

सन् १९९२ मा तङ स्याओपिङले ‘दक्षिणी यात्रा’ शुरु गरे। सो यात्राको क्रममा उनले सेन्जेन लगायतका चीनका उदाउँदा व्यापारिक केन्द्रहरुको भ्रमण गरे। सोही क्रममा उनले ‘चिनियाँ बजार अर्थतन्त्र’को विचार अघि सारे। उक्त विचारको सार थियो, बजार र कम्युनिष्ट पार्टीलाई सँगसँगै आत्मसात गर्नु।

‘यदि चीनले समाजवादको अभ्यास गर्दैन भने, ‘सुधार र खुलापन’ लागू गर्दैन भने, आर्थिक विकासलाई जोड दिन्न भने र जनताको जीवनस्तर सुधार गर्दैन भने जुनसुकै दिशामा गए पनि दुखद् अन्त्यमात्र हात लाग्नेछ’, उनले भने।

उनले सेन्जेनमा शाओ चेन्युजस्ता व्यक्तिबाट धेरथोक सिके। इलेक्ट्रोनिक्स सामग्री निर्माण कम्पनि सञ्चालन गरेर सफल उद्यमी बनेका शाओ त्यतिबेला ती करोडौं चिनियाँमध्ये एक थिए जसले राज्य सञ्चालनका क्रियाकलापबाट निस्केर आर्थिक उत्पादनमा लाग्न मौन समर्थन जनाएका थिए।

सेन्जेनमा आईपुग्दा शाओको मनबाट तियानमेन स्क्वायरमा भएको घटना हराइसकेको थियो। उनी कौडी पनि नभएको काष्ठकर्मीको रुपमा आएका थिए। सेन्जेनमा उनले इलेक्ट्रोनिक्स फ्याक्ट्री र गार्मेन्ट कारखानाहरुमा काम खोजे। उनी सरकारी अनुमति बिना सेन्जेनमा बस्न पाउँदैनथे। त्यसैले प्रहरीले गैरकानूनी कामदारको खोजी गर्दा चिहानमा लुक्न बाध्य थिए।

तीन वर्षपछि अर्थात् सन् १९९२ सम्म आईपुग्दा त उनले फ्याक्ट्रिमा इलेक्ट्रोनिक्सका हार्डवेयर बनाएर पैसा कमाउन थालिसकेका थिए। त्यो भन्दा पहिला उनले त्यस्तो काम गरेकै थिएनन्। यस्तै सफलताले नै चीन अर्थतन्त्र सुधारको बाटो बलियो बनाएको थियो।

अर्कोतर्पm कट्टरपन्थी नेताहरुलाई सुधारवादीहरुले पाखा लगाए। स्थानीय अधिकारीहरुको नियन्त्रण कमजोर हुन बनाइयो। बैंकहरुले नेतृत्व लिन थाले। चीनले खानाका लागि दिइने रासन कार्ड हटायो। अन्न, तेल र कोइलाको मूल्य सरकारले निर्धारण गर्दै आएको थियो। त्यसबाट पनि सरकारले स्वाट्टै हात झिक्यो। यी सबैको जिम्मा उद्यमीहरुले लिए। चीनको आर्थिक वृद्धिदर दुई अंकको हुनथाल्यो। 

त्यसको दुई वर्षपछि अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्य आर्थिक संस्थाहरुले चीनको द्रुत विकासप्रति चिन्ता जनाए। यो वृद्धि नियन्त्रणबाहिर जानसक्ने डर पनि देखाए। तर विगतका असफलताहरुबाट चिनियाँ नेताहरुलाई केही क्षणका लागि सकारको आक्रामक भूमिकाका साथ सुधार प्रक्रिया अगाडि बढाउन सिकेका थिए। 

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वले अन्न, अण्डा, तरकारी र घरजग्गाको मूल्य घटाउन जोड दियो। उसले राज्य–नियन्त्रित कम्पनीलाई पनि सुधार गर्न दबाब दियो जबकि यी उद्योग उनीहरुको लागि सहज क्षेत्र थिए। मूल्यमा भारी गिरावट आएपछि चीनले विभिन्न प्रकारका उद्योगहरु सिर्जना ग¥यो। ट्रयाक्टर फ्याक्ट्रीदेखि इलेक्ट्रोनिक्स फ्याक्ट्री र अष्ट्रिच उत्पादनसम्मका आर्थिक गतिविधी चीनले सिर्जना ग¥यो। यी आर्थिक गतिविधीले कार्टेलहरुको जन्म गराए।

चीनको यो अभ्यासले खुला बजारको वकालत गर्ने अर्थशास्त्रीलाई भने चिन्तित बनायो। चीन रातारात परिवर्तन हुनसक्दैन भन्ने जान्दाजान्दै पनि उनीहरुले राज्य नियन्त्रणले अर्थतन्त्रलाई असर पु¥याउनसक्ने दाबी गरिरहे।

सन् १९९३ मा चीनको भ्रमणताका नोबेल पुरस्कार विजेता फ्रायडम्यानले यही आवाज उठाएका थिए। उनले चिनियाँ उद्यमीहरु सफल भइरहँदा पनि जताततै सरकारी नियन्त्रण बलियो भएको पाएको बताए। पछि उनले लेखे, ‘अवश्य पनि राज्य–नियन्त्रित व्यवसायका म्यानेजहरु आफ्नो नियन्त्रण गुमाउन चाहँदैनथे।’

त्यतिबेला साङ्घाईकको ह्वाङपु नदी पारी पुदोङ नामक नयाँ शहर बन्दै थियो। त्यहाँ सरकारको नेतृत्वमा ठूलो मात्रामा परियोजनाहरु सञ्चालन भईरहेको देखेर फ्रायडम्यान चकित भए। उनले सम्भावित दुर्घटनाको आकंलन गरेर लेखे पनि।

उनको आकंलन विपरीत, एक दशकपछि पुदोङ एसियाकै सबैभन्दा चल्तीको घरजग्गा व्यापारकेन्द्र बन्यो।

यो पनि पढ्नुहोस् :

अमेरिकी व्यापार युद्धलाई चीनले कसरी सामना गर्ला?

मध्य र केन्द्रीय युरोपमा कसरी फैलिरहेछ चीन?

समुद्रमा चीन–अमेरिका टक्कर

किन बढ्दै छ चीनमा पुस्तान्तरण दूरी ?
 

– ब्रड्शरले सन् २००२ देखि ‘द टाइम्स’का लागि चिनियाँ अर्थतन्त्रको रिपोर्टिङ गरिरहेका छन्। उनी पहिले हङकङ ब्युरो चिफ थिए। अहिले सांघाई ब्युरो चिफ छन्।

– युआन ‘द टाइम्स’ र ‘द वालस्ट्रिट जर्नल’की एसिया टेक्नोलोजी स्तम्भकार हुन्।

– द न्युयोर्क टाइम्सबाट अनुवादः लक्ष्मण श्रेष्ठ







यसमा तपाईको मत


अन्य समाचार

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...