किसानद्वारा दूधको भाउ बढाउन माग

शनिबार, १६ चैत २०७५, १२ : ४७ नागरिक

दाङ- स्थानीय पशुपालक किसान तथा दूध व्यवसायीले दूधको भाउ बढाउन तुलसीपुर उपमहानगरपालिकाका प्रमुखसँग माग गरेका छन्।

अहिले दानाको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको पशुपालक तथा दूध व्यवसायी रमेश गिरीले बताए। “अहिले गाई तथा भैँसीको दूध प्रतिलिटर रु ५० मात्रै पर्छ तर दाना प्रतिकिलोको करीब रु ४५ सम्म पर्छ”, उनले भने, “यसले किसानलाई प्रतिलिटरमा पाँच रूपैयाँ भन्दा बढी आम्दानी हुँदैन।” दश लिटर दूध दिने पशुलाई करीब पाँच किलो दाना खुवाउनु पर्ने भएकाले उपमहानगरपालिकाले दानामा सहुलियत उपलब्ध गराउनाका साथै दूधको मूल्यवृद्धि गरेर खुद्रा मूल्य प्रतिलिटर रु ७० र थोक मूल्य प्रतिलिटर रु ६० तथा दहीको खुद्रा मूल्य प्रतिकिलो रु ८० बनाउनुपर्ने मा जाेड दिए। 

अर्का व्यवसायी लोकराज डाँगीले पशुमा महामारी रोग न्यूनीकरणका लागि उपमहानगरपालिकाले खोपको व्यवस्था गर्नुपर्ने बताए। “अहिले हामीले जोखिम मोलेर पशुपालन गरिरहेका छौँ”, उनले भने “अब उपमहानगरपालिकाले त्यो जोखिम हटाउन खोपको व्यवस्था गर्नुपर्छ।”

दूध व्यवसायी देवराज भण्डारीले पशुको कृत्रिम गर्भाधान निःशुल्क नगरिँदा किसान मारमा परेको बताए। “अहिले कृत्रिम गर्भाधान गर्न रु ७०० भन्दा बढी तिनुपर्छ”, उनले थपे  “कुनै पशुमा एकै पटकमा कृत्रिम गर्भाधान सफल नहुने भएकाले दोहो-याउँदा र ते-याउँदा आर्थिक भार थपिने गरेकोे छ।” 

तुलसीपुर उपमहानगर प्रमुख घनश्याम पाण्डेले पशुपालन क्षेत्रलाई उपमहानगरपालिकाले विशेष जोड दिएकाले किसानका समस्या समाधानतर्फ आफू लागिपर्ने बताए। उनले पशुमा लाग्ने विभिन्न रोग निवारणका लागि खोपको व्यवस्था गर्ने प्रतिबद्धता गरे। दानामा सबै किसानलाई एकमुष्ट रु पाँचलाख अनुदान दिने र त्यसैबाट किसानले आफैँले दाना खरीद गरेमा सहुलियत मिल्ने उनको भनाइ थियो। त्यस्तै कृत्रिम गर्भाधान, दूधको मूल्य तथा दानाको मूल्य समायोजन र प्रदेश तथा केन्द्र सरकारबाट आउने अनुदानका बारेमा पनि आफूले छलफल गरेर पशुपालक किसानका समस्या समाधान गर्ने उपमहानगर प्रमुख पाण्डेले बताए। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad