coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आफ्नोपनमा गौरव

मेनुका वाम्बुले राई
वाम्बुले राईहरुको त्रैमासिक पत्रिका ‘इक लिब्जु भुम्जु पत्रिका’को आवरण फोटो खिच्न गत शनिबार ललितपुरको इमाडोलस्थित वाम्बुले राई समाज, नेपाल (वाम्रास) मा कार्यक्रम गरिएको थियो। मैले पनि मौलिक भेषभूषा लगाएँ। कोही दिदीदाई र भाइबहिनीहरु वाम्बुले राई भेषभूषामा चिटिक्क परेर आइसकेका थिए। हामी भेला हुँदा र उभिँदा कुनै चाडबाडका लागि नृत्य प्रस्तुत गर्न तयारी अवस्थामा बसेको जस्तो लाग्थ्यो। तर, त्यो थिएन। आफ्नो मौलिक परम्परा र इतिहास देखाउन र बचाउन भेला भएका थियौं हामी।  

हामीले आफ्नै मातृभाषामा नारा लगायौँ। प्लेकार्ड लिएर फोटा खिच्यौँ। फोटो ग्राफर विकास राईलाई भ्याइ नभ्याई थियो। कोही भिडियो खिच्नमा व्यस्त। सडकमा उङ आचु तिकिया? वाम्बुले राडु तिकिम। (हामी कोहौँ ?वाम्बुले राई हौँ।) लगायत थुप्रै मातृभाषामा लेखिएका प्लेकार्ड लिएर नारा लगायौँ। त्यतिखेर लाग्यो, साँच्चै संस्कृति बचाउनु पर्छ। कोरियोग्राफी मोडल सीता राईले गरेकी थिइन्। भाइबहिनीहरु पनि वाम्बुले भेषभूषा लगाएर नारा लगाइरहेका थिए। ‘परम्परा, इतिहास, संस्कृति बचाउन हामी जस्ता बालबालिका, किशोर किशोरी लाग्नै पर्ने रहेछ है’ मनमनै सोचें। वाम्बुले राई जातिको मात्रै नभई नेपाली सबै जातिले भाषा, धर्मलाई बचाई राख्नु पर्छ।

साँच्चै संस्कृति भनेकै हाम्रो पहिचान र सभ्यता हो। त्यसलाई जोगाउनु हाम्रो कर्तव्य। म एउटा विद्यार्थी। हाम्रो धर्म, संस्कृतिबारे जान्न त बाँकी नै छ। यस कार्यक्रमले मभित्र ऊर्जा बढेको छ। म मात्रै होइन, अग्रजबाट वाम्बुले भाषा र संस्कृतिको ज्ञान सिक्न पाएको साथीहरू पनि सुनाउँछन्। कार्यक्रमको परिकल्पना इक लिब्जु भुम्जु पत्रिकाका सम्पादक गणेश वाम्बुले राईले गरेका थिए। यो पत्रिका त्रैमासिक रुपमा प्रकाशित हुन्छ। ‘हामीले पहिचान र संस्कृति बचाउन यस मार्फत पहल गर्दे आएका छौँ’, उनले भने, ‘पहिचानलाई नयाँ पुस्ताले सिक्दै जानु पर्छ।’

प्रकाशित: १६ चैत्र २०७५ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App