८ वैशाख २०८१ शनिबार
खेल

मन्त्री श्रीपालीलाई क्रिकेटकर्मीको ज्ञापनपत्र

काठमाडौं- क्रिकेट खेलाडी, प्रशिक्षक र पदाधिकारीले मुलपानी स्थित माथिल्लो क्रिकेट मैदानलाई खेल्न योग्य  बनाउन ध्यानकर्षण गराउँदै युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीलाई ज्ञापन पत्र बुझाएका छन्। आइतबार ज्ञापन पत्र बुझाउदै क्रिकेट कर्मीले मुलपानी क्रिकेट मैदान निमार्ण कार्यलाई तत्काल सम्पन्न गर्न विशेष पहल गर्न आग्रह गरेका थिए। नेपाल सरकारको अनुदानमा निमार्ण भैरहेको मुलपानी क्रिकेट मैदानको २०६४ सालमा मैदान सम्याउने र बार लगाउने काम सकिएको थियो।

२०६७ सालमा मैदानको पबेलियन निमार्ण गरिएपनि मुलपानी क्रिकेट मैदान हालसम्म खेल्न योग्य बनेको छैन। तत्कालको लागी मैदानलाई खेल्न योग्य बनाउनको लागी आवश्यक पर्ने १६ लाख ६७ हजार रुपैयाँ मन्त्रालयबाट बिनियोजन गराउन पहल गर्न समेत मन्त्रीलाई अनुरोध गरिएको थियो।

राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य शैलेश कुमार कर्माचार्य, राष्ट्रिय टिममा मुख्य प्रशिक्षक जगत टमाटा, राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, सोमपाल कामी, विनय कुमार झा लगायतको टोलीले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो। 

प्रकाशित: १ कार्तिक २०७३ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App