पत्रकार अर्यालमाथि हातपात

शनिबार, १६ चैत २०७५, १० : १६ नागरिक

पाल्पा - नेपाल पत्रकार महासङ्घ पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालसहित अन्य पत्रकार तानसेन नगरपालिकाको हाताभित्र कुटिएका छन्।

समचार सङ्कलनका लागि खटिएका सामुदायिक रेडियो मदनपोखरामा कार्यरत पत्रकार विजय बौडेलमाथि शुक्रबार हातपात गरेको खबर पाएपछि तानसेन नगरपालिकामा पुगेका बेला आन्दोलनकर्मीले अर्यालमाथि आक्रमण गरेका हुन्। पत्रकार बौडेलमाथि यसअघि नै लेखेको समाचार तथा लेखका विषयमा आक्रोशित भीडले कुटपिट गरेको हो।

तानसेन सडक फराकिलो बनाउन हुँदैन भन्दै आन्दोलनमा रहेका लक्ष्मण रेग्मी, बाबुराम विष्ट, शैलेन्द्र भट्टराईलगायतका व्यक्तिले पत्रकारमाथि हातपात गरेको महासङ्घको विज्ञप्तिमा उल्लेख छ। पत्रकारमाथि दर्व्यवहार गरेको सूचनाका आधारमा घटनास्थलमा पुगेका बेला आन्दोलनकर्मीले आफूमाथि हातपात गरेको अध्यक्ष अर्यालले जानकारी दिए। शाखाका उपसभापति भरत शर्मा, सचिव किरण कौशलद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई समाचार सङ्कलनका क्रममा हातपात गरी ज्यान मार्ने प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घ पाल्पालगायत पाल्पाका सम्पूर्ण सञ्चारकर्मीहरु घोर भत्र्सना गर्दछौँ भनिएको छ।

अर्याल र बौडेलले सामुदायिक रेडियो मदनपोखरामा आवद्ध हुनुहुन्छ। तानसेन नगरपालिका क्षेत्रमा पत्रकारमाथि हातपात हुनु राम्रो नभएको तानसेनका मेयर अशोककुमार शाहीले बताए। पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले पत्रकारमाथि भएको हातपातको घटनामा दोषीमाथि कारवाही हुने बताए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad