७ वैशाख २०८१ शुक्रबार
खेल

भारतसँग न्यूजिल्यान्ड पराजित

धर्मशाला- बिराट कोहलीको सानदार ब्याटिङ र बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले पहिलो एक दिवसीय क्रिकेटमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। कोहलीले जिम्मेवारीपूर्वक ब्याटिङ गरेपछि धर्मशाला क्रिकेट मैदानमा आइतबार भारतले कम स्कोरको लक्ष्यलाई सहजै पारेको थियो। अविजित ८५ रन बनाएका कोहलीले कप्तान महेन्द्र सिंह धोनी (२१) ले पाँचौं विकेटक ालागि ६० रनको साझेदारी गरेपछि १ सय ९१ रनको लक्ष्य भारतले ३३.१ ओभरमा ६ विकेट गुमाएर प्राप्त गरेको थियो।

तर त्यसअघि 'डेब्यू' खेलमा हार्दिक पाण्डे र अमित मिश्राले समान ३ विकेट लिदै भारतलाई बलियो अवस्थामा पुर्‍याएका थिए। उनीहरुको कसिलो बलिङले भारतलाई जितको आधार बनाउन सहयोग गरेको थियो। खेलमा हार्दिकले ३१ रन र अमितले ४९ रन खर्चे। यसैगरी भारतका उमेश यादव र केदार जडेजाले समान २ विकेट लिए। 'तीव्र गतिको बलरले उत्कृष्ट प्रदर्शन गरे। हामीलाई यो पिचमा कुनै गुनासो गर्ने मौका थिएन,' कप्तान धोनीले भने, 'हार्दिकले प्रदर्शनमा आफुलाई प्रमाणित गरे। उमेशले खेलमा छिटो प्रभाव पार्ने कोसिस गरे। उनी फिटनेसमा राम्रो भएको खेलाडी हुन्।'

न्युजिल्यान्डको डोअज ब्रासवेलले भारतीय ओपनर रोहित शर्मालाई १४ रनमा एलबीडब्लु आउट गदै दबाब दिने प्रयास गरेका थिए। रोहित आउट भएपछि अर्को ओपनर अजिन्के रहानेले पनि धेरै बेर क्रिजमा टिक्न सकेनन्। ३३ रन जोडेको बेला रहाने जामेज निजामको बलमा आउट भए। रहानेले ४ चौका र २ छक्का प्रहार गरेका थिए। त्यसपछि कोहलीले मनिष पाण्डे(१७) सँग मिलेर ४० रनको साझेदारी गरेपछि धर्मशाला क्रिकेट मैदानमा भारतको ब्याटिङ स्थिर देखिएको थियो। स्पिनर इजा सोदीले पाण्डेलाई पबेलियनको बाटो देखाएपछि भारतको मध्यपंक्तिमा सन्तुलनमा केहि असर परेको थियो। तर कोहिलीले कीर्तिमानी इनिङ खेल्ने क्रममा १ सय ७२ खेलमा ३७औं एकदिवसीय अर्धसतक प्रहार गर्न सफल भए। ८१ बलको सामना गरेको कोहलीले ९ चौका र अन्त्यमा विजयी छक्का प्रहार गरे।

इन्जुरी पश्चात खेलमा फर्किएका तीब्रगतिका टिम साउथीले बिराट कोहलीलाई जीवन दान दिएका थिए। ६० रन जोडेको बेला टिमले बिराटको क्याच जोडेपछि भारतलाई जितका लागी बाटो थप सहज भएको थियो। दुइ अनुभवी ब्याट्सम्यानले रन बनाइरहेको धोनी २१ रनमा रन आउट भएका थिए। 'भारतले उत्कृष्ट खेल्यो। आज उनीहरुले आफनो क्षमता देखाए,' विलियमसनले भने, 'हामी सबै क्षेत्रमा कमजोर देखियौं। हामीलाई त्यसमा सुधार गर्न आवश्यक छ। भारतलाई हराउन हामीले टिम एकतालाई मजबुद बनाउँदै खेल्ने कोसिस गर्नु पर्छ।'

भ्रमणकारी टोलीका टोम लाथन(७९ रन अविजित) र साउथीले ७१ रनको साझेदारी गदै स्कोर बढाउने कोसिस गरेका थिए। टेस्ट श्रृंखला गुमाएपछि खेलमा फर्किएका साउथीले ६ चौका र ३ छक्का सहित ५५ रन जोडेको थिए।

यसैगरी आइतबारको जित पश्चात भारतले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ। अर्को एकदिवसीय दिल्लीमा अक्टोवर २० मा हुनेछ।

प्रकाशित: १ कार्तिक २०७३ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App