coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लगानी सम्मेलन : १२ वटा परियोजना समझदारी पत्रमा हस्ताक्षर हुँदै

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरताको वातावरण भएकोले लगानीको राम्रो अवसर रहेको बताएपछि शनिबार १२ वटा परियोजना समझदारी पत्रमा शनिबार हस्ताक्षर हुँदैछ। नेपाल र वैदेशिक व्यवासायीबिच उक्त परियोजनाको समझदारी पत्रमा हुन लागेको हो।

आयोजकका अनुसार सम्मेलनको अन्तिम दिन यातायात, कृषी, वनपैदवार लगायतको क्षेत्रमा  लगानी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गर्न लागेका हुन्। त्यसअघि यातायात र पूर्वाधार विषयक कार्यपत्रमाथि छलफल हुने लगानी वोर्डले जनाएको छ।

शनिबार सकिने सम्मेलनमा ४० मुलुकका ६ सय लगानीकर्ता भेला भएका छन्। सरकारले विदेशी लगानीकर्तासमक्ष लगानी गर्न सक्ने ७७ वटा परियोजना प्रस्तुत गरेको छ। मुलुकमा नयाँ संविधान जारी भएपछि दोस्रोपटक लगानी सम्मेलन भएको हो।
 सरकारले यसअघि २०७३ सालमा लगानी सम्मेलन आयोजना गरेको थियो। सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्तालगायत सहभागी छन्।

प्रकाशित: १६ चैत्र २०७५ ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App