१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लाका स्वास्थ्यकर्मीको गुनासो – हाम्रो तलब कता रोकियो मन्त्रीज्यू ?

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तह जनस्वास्थ्य कार्यक्रम उद्घाटन गर्न जुम्ला पुगेका उपप्रधान तथा स्वास्थ्य जनसंख्यामन्त्री  उपेन्द्र यादवलाई जुम्लाका स्वास्थ्यकर्मीले सविस्तार आफ्नो पीडा सुनाउन भ्याए। तलब निकासा नहुँदा क्रृण काढ्नुपरेको उनीहरुको गुनासो मन्त्री यादवले कान थापेरै सुने पनि ।

उनीहरुको खास गुनासो थियो – संघीय सरकारले तलब नपठाएको भन्दै स्थानीय सरकार पन्छने गरेको छ। 

उनीहरुले स्वास्थ्यमन्त्रीलाई आफ्नो समस्याबारे ध्यानाकर्षण गराए।  उनीहरूको एउटै स्वर थियो,–‘६ महिनादेखि तलब पाएका छैनौं।’  

तत्काल तलबसँगै भत्ता निकासा गरिदिन पनि उनीहरुले उपप्रधानमन्त्रीसमक्ष पहल गरिदिन अनुरोध गरे। हेल्थ असिस्टेन्ड संघ नेपाल जुम्लासचिव वीरेन्द्र उपाध्यायले भने, ‘स्वास्थ्यकर्मीले काम गरिरहने तलब नपाउने हो भने कसरी परिवार पाल्ने? स्वास्थ्यकर्मीको तलब कता रोकिएको छ? पहल गरिदिनु प-यो ।'

उनका अनुसार नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, नेपाल नर्सिङ संघ, हान र लेफाले स्वास्थ्यकर्मीको ध्यानाकर्षण गराएका हुन्। कात्तिकदेखिको तलब भत्ता नपाएको र पटक पटक सम्बन्धित निकायमा पहल गर्दा पनि तलब नआएको गुनासो उनीहरुले गरेका थिएर। 

जुम्लाका स्वास्थ्यकर्मीहरुको मागप्रति स्वास्थ्यमन्त्री यादवले आफू सकरात्मक रहेको बताए। भने, ‘स्वास्थ्यकर्मीले राखेका माग जायज छन्। माग पूरा गर्न पहल गर्छु। तत्काल पहल थाल्ने छु। यसअघि जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेमार्फत ज्ञापनपत्र बुझाइसकेका स्वास्थ्यकर्मीले मन्त्रीलाई पनि ध्यानकर्षण गराएका हुन्। 

 

प्रकाशित: १५ चैत्र २०७५ १५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App