coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश २ मा एसईई परीक्षा स्थगित, प्रश्नपत्र लिक गर्नेलाई कारवाही गर्छाैं : शिक्षा मन्त्री

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश २ मा एसईई परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ। शुक्रवारको सामाजिक अध्ययन विषयको प्रश्नपत्र बाहिरिँदा परीक्षा नियन्त्रण कार्यालयले परीक्षा स्थगित गरेको थियो। परीक्षा स्थगित भएपछि आक्रोशित विद्यार्थीहरुले प्रदर्शन गरेका बेला शुक्रवार साँझ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रदेश २ मा परीक्षा स्थगित गर्न बोर्डलाई निर्देशन दिएको बताए। 

प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने र २१ गतेसम्मका सबै विषयको तत्काललाई स्थगित गरिएको उनले जानकारी दिए। बाँकी परीक्षाको तालिका पछि सार्वजनिक गरिने मन्त्री पोखरेलले बताए। अन्य प्रदेशमा भने परीक्षा यथावत सञ्चालन हुने उनको भनाई छ।

उनले प्रदेश २ परीक्षाअगावै प्रश्नपत्र बाहिर ल्याउनेलाई पत्ता लगाई कारवाही गरिने प्रतिबद्धता समेत जनाए। ‘राष्ट्रिय परीक्षा बोर्डले छानविन समिति बनाएको छ। शिक्षा मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरोबाट टोली खटाएको छ’, उनले भने, ‘अपराधीलाई कुनै हालतमा छाडिन्न। सरकारले छानविन गरी सत्यतथ्य बाहिर ल्याउँछ।’

मन्त्री अधिकारीले यो घटनालाई आपराधिक घटनाको रुपमा लिँदै परीक्षाको तयारी गर्न स्थानीय तह र प्रदेश सरकारलाई आग्रह गरे। 
प्रदेश २ मा २६५ केन्द्रबाट एसईई परीक्षा सञ्चालन भइरहेको थियो। 

प्रकाशित: १५ चैत्र २०७५ १४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App