८ वैशाख २०८१ शनिबार
राजनीति

पौडेलको घरमा देउवालाई सम्झाउने भेला

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन भद्रगोल भएको भन्दै असन्तुष्ट समूहले भ्रातृ संगठन सुधारमा ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा बसेको बैठकले यसप्रति ध्यान दिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ। 

नेपाल विद्यार्थी संघ खाली भएको दुई महिनामा पनि तदर्थ समिति बन्न नसक्नु दुर्भाग्य भएको संस्थापनइतर समूहको निष्कर्ष छ। यो समूहले नेविसंघ, तरुण दललगायत अन्य भ्रातृ संगठनको पनि अवस्था पहिचान गरेर समस्याको समाधान गर्नुपर्ने निष्कर्ष निकालेको नेता जीवन परियारले जानकारी दिए। 

‘पार्टीको भ्रातृ सबै संगठनको अवस्था निकै कमजोर छ’, उनले भने, ‘यसतर्फ पनि ध्यान दिनुपर्छ भनेर सभापतिलाई आग्रह गर्ने निर्णय भएको छ।’ यस्तै, बैठकमा समसामयिक राजनीतिसँगै पार्टीको समग्र विषयमा पनि छलफल भएको परियारले बताए। 

बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु अर्जुनरसिंह केसी, रामशरण महत, नवीन्द्रराज जोशी, सरिता प्रसाईं, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, गुरुराज घिमिरे, जीवन परियारलगायत रहेका छन्।

प्रकाशित: १५ चैत्र २०७५ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App