६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

मोदीद्वारा ‘नयाँ भारतको प्रतिबद्धता’

उत्तर प्रदेशको मिरुतमा आफ्नो दलको चुनावी अभियान सुरु गर्ने क्रममा समर्थकलाई अभिवादन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । तस्बिर: एजेन्सी

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न लोकसभा निर्वाचनका लागि आफ्नो दल भारतीय जनता पार्टी (भाजपा)को औपचारिक चुनावी अभियान बिहीबार सुरु गरेका छन्।

दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका प्रधानमन्त्री मोदीले देशकै सबैभन्दा धेरै जनसंख्या रहेको सहरबाट औपचारिक चुनावी अभियान थालनी गरेका हुन्। 

चुनावी अभियान सुरु गर्नका लागि आयोजित -यालीमा मोदीले यदि आफ्नो दलले जिते राष्ट्रिय सुरक्षासहित विकासको प्रतिबद्धता व्यक्त गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)ले नेतृत्व गरेको गठबन्धनले आसन्न लोकसभा निर्वाचनमा पनि जित हासिल गर्ने अनुमान गरिएको छ। 

भारतमा सात चरणमा लोकसभा निर्वाचन हुँदैछ। अप्रिल ११ मा पहिलो चरणको निर्वाचन हुने र मे महिनामा सातौं चरणको निर्वाचन हुने भारतीय निर्वाचन आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ। 

परम्परागत शत्रु राष्ट्र पाकिस्तानसँग तनाब बढिरहेकै बेला भारतमा लोकसभाको निर्वाचन हुन लागिरेहेको छ। ‘यो देशले नारामात्रै बनाउने सरकार देखेको छ तर पहिलो पटक उनीहरुले समस्या समाधार्न निर्णय गर्नसक्ने सरकार देखिरहेका छन्,’ उत्तर प्रदेशको मिरुत सहरमा आयोजित चुनावी -यालीमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले बताए। 

भारतको केन्द्रीय राजनीतिका लागि उत्तर प्रदेश अत्यन्तै महत्वपूर्ण प्रदेश हो। यो प्रदेशले मात्रै लोकसभामा ८० सिटको प्रतिनिधित्व गर्ने गरेको छ।  तसर्थ भारतका सबै राजनीतिक दलले उत्तर प्रदेशलाई चुनावको केन्द्रविन्दुमा राखेर निर्वाचन अभियान सञ्चालन गर्ने गरेका छन्। यसअघि सन् २०१४ मा भएको संसदीय निर्वाचनमा मोदीको दल भाजपाले उत्तर प्रदेशमा ठूलो संख्यामा सिट जितेको थियो। जसले गर्दा भाजपालाई सरकार बनाउन सहज भएको थियो। 

‘हाम्रो उद्देश्य गर्विलो इतिहासलाई उजागर गर्दैै नयाँ भारत बनाउनु हो,’ -यालीमा उनले बताए। 

विश्वकै सबैभन्दा ठूलो प्रजातन्त्रको अभ्यास हुने भारतको आमनिर्वाचनमा करिब ९० करोड मतदाता मतदानका  लागि योग्य रहेको बताइन्छ। मे १९ का दिन सकिने निर्वाचनको मत गणना मे २३ बाट सुरु हुने भारतीय निर्वाचनले सार्वजनिक गरेको कार्यतालिकामा भनिएको छ।

४० जना अर्धसैनिक बलका सदस्यको ज्यान जाने गरी भारत प्रशासित कास्मिरको पलुवामा जिल्लामा गत महिना गराइएको आत्मघाती आक्रमणमा पाकिस्तान आधारित जैस–ए–मोहम्मद लडाकु समूहको संलग्नता रहेको र सो संगठनलाई पाकिस्तानले संरक्षण गरेको भन्दै नयाँ दिल्ली र इस्लामाबादबीच तनाब जारी नै छ।

गत डिसेम्बरमा भारतको तीनवटा राज्यमा सम्पन्न भएको विधानसभा निर्वाचनमा प्रमुख विपक्षी दल कंग्रेसले जित निकालेकाले भाजपाले आसन्न निर्वाचनलाई अत्यन्तै महत्व दिएको रोयटर्सले जनाएको छ।

 

प्रकाशित: १५ चैत्र २०७५ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App