पुस्तकमा ‘क्रियाशिल पत्रकार महिला’

शुक्रबार, १५ चैत २०७५, ११ : ५५ नागरिक

काठमाडौं– पत्रकारिता क्षेत्रमा क्रियाशिल १५ महिला पत्रकारको विषयमा लेखिएको पुस्तक ‘क्रियाशिल पत्रकार महिला’ सार्वजनिक भएको छ। क्रियाशिल महिला पत्रकारले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक उपेन्द्र शर्मा, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट, नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले  पुस्तक सार्वजनिक गरे। पुस्तकमा लामो समय पत्रकारितामा सक्रिय पत्रकार महिलाको अनुभव, सफलता र चुनौतीका कुरा समावेश छन्।

कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष दाहालले महिला पत्रकारलाई सम्मान गरेर हौसला प्रदान गर्नु सराहनीय भएको बताइन्। ‘लामो समयदेखि महिला पत्रकारको भूमिकाको कदर भएकोमा निकै खुसी लागेको छ। महिला पत्रकारका कथा, व्यथा फरक छन्’, दाहालले भनिन्, ‘पत्रकारिता जगतमा योगदान पु-याउने महिला पुरुष दुवै बराबर हो। हामी हातेमालो गरी अगाडि बढेर उद्देश्यमा पुग्न सक्छौं।’

राससका महाप्रबन्धक शर्माले पत्रकारिता जगतमा योगदान पु-याएका महिलाहरूको विषयलाई उठान गरिएको पुस्तक प्रोत्साहनको रूपमा काम गर्ने बताए। उनले समाज रूपारन्तरण र चेतना फैलाउन मिडियाको ठुलो हात रहेकोे बताउँदै पुस्तकले पत्रकारितामा भविष्य बनाउन चाहने पत्रकार महिलालाई धेरै जानकारी दिने जनाए।

पत्रकार महासंघका महासचिव विष्टले महिला पत्रकारको सहि अभिलेख नराख्नु बिडम्बना रहेको बताए। उनले पुस्तकले काठमाडौंका मात्र नभई जिल्लाका पत्रकार महिलालाई पनि समाबेश गर्नुपर्नेमा जोड दिए।

क्रियाशिल पत्रकार महिलाका अध्यक्ष अमिका राजथलाले पत्रकारिता जगतमा महिलाहरूका लागि हौसला मिलोस् भनेर पुस्तक प्रकाशन गरिएको बताइन्। पुस्तकमा निर्मला आचार्यको लेखन, संगीता लामाको सम्पादन र अम्बिका राजथलाको संयोजन छ। पत्रकार महिलाहरू अञ्जना ताम्ली, आरती चटौत, उषा तितिक्षु, निर्मला आचार्य, अक्षरी पोखरेल, प्रेमकुमारी पन्त, बबिता बस्नेत, रम्यता लिम्बु, रमा पराजुली, राधा बुढाथोकी, रीता गुरुङ, लिला शाह, संगीता लामा, सरला संग्रौला र हरिकला अधिकारीका संघर्षका कथा पुस्तकमा समेटिएका छन्। 

 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad