coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई विषयको परीक्षा रद्द भएपछि विभिन्न ठाउँमा प्रदर्शन

रौतहट – एसइईको दुई विषयको परीक्षा रद्द भएपछि रौतहटका विद्यार्थीले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्। बिहीबार बिज्ञान विषय र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

यी दुवै परीक्षा स्थगित भइसकेको छ। शुक्रबार परीक्षार्थीहरुले परीक्षा केन्द्र पुगेर प्रश्नपत्रका अधिकांश प्रश्नको हल गरेका थिए। यसरी प्रश्नको हल गर्न थालिसकेपछि परीक्षा रद्द भएको सूचना आउँदा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन्। दुई दिनको प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द भएको सूचना आएपछि आक्रोशित विद्यार्थीले सदरमुकाम गौर र चन्द्रपुरमा प्रदर्शन गरे।

चन्द्रपुरमा करिब सयजना विद्यार्थीले सडकमा आगो बालेर केहिबेर प्रदर्शन गरेका छन्। त्यस्तै गौरमा पनि परीक्षार्थीले सडकमा प्रदर्शन गरे। परीक्षा रद्द भएको सूचना आउनासाथ केन्द्रबाट मूल सडकमा पुगेका परीक्षार्थीहरुले स्वतःस्फूर्त रुपमा ठाउँ ठाउँमा प्रदर्शन गरेका हुन्।

प्रदर्शन गर्दै विद्यार्थीहरुले प्रश्नपत्र बाहिर गर्नेमाथि छानबिन गरी कडा कारबाहीको माग गरेका छन्। विद्यार्थीहरुले प्रदेश नम्बर दुईको परीक्षाको सम्पूर्ण खर्च प्रश्नपत्र बाहिर ल्याउनेसँग असुल गर्नुपर्ने माग पनि गरेका छन्। प्रदेश दुईका विद्यार्थीको भविष्यमाथि खेलबाड भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।

 

प्रकाशित: १५ चैत्र २०७५ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App