७ वैशाख २०८१ शुक्रबार
अर्थ

डल्लु र तीनचुलीमा महालक्ष्मी बैंक

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंमा थप दुई शाखा सञ्चालनमा ल्याएको छ। बैंकिङ सेवाको पहुँच देशभर पु-याउने उद्देश्य बमोजिम बिहीबार काठमाडौं महानगरपालिका वडा नम्बर १५, डल्लु र वडा नम्बर ६ तीनचुलीमा शाखा विस्तार गरेको बैंकले जनाएको छ। योसँगै महालक्ष्मीको कुल शाखा संख्या ९२ पुगेको छ।

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रका व्यावसायिक कारोबार अन्तर्गतका कृषि, ऊर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित: १५ चैत्र २०७५ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App