७ वैशाख २०८१ शुक्रबार
खेल

न्यु डाइमन्ड र एपिएफबीच उपाधि भिडन्त

काठमाडौं – चिर परिचित प्रतिद्वन्द्वी न्यु डायमन्ड र आयोजक सशस्त्र प्रहरी बलको एपिएफ क्लब सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा शुक्रबार भिड्ने भएका छन्।

हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा बिहीबार भएका सेमिफाइनलमा जित निकाल्दै न्यु डायमन्ड र एपिएफले एकअर्काविरुद्धको उपाधि भिडन्त तय गरेका हुन्। एपिएफ यस वर्ष ११औं उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। न्यु डायमन्ड भने  एपिएफसँगको पछिल्ला ८ भेटको फाइनलमा हार बिर्साउँदै यस वर्ष पहिलो उपाधि जित्ने दाउमा छ।

एपिएफले यस वर्ष खेलेको ११ फाइनलमा आधी आवादी भलिबल लिगमा चितवन टाइग्रेससँग मात्र हार बेहोरेको थियो। त्यसबीच एपिएफले ८ पटक न्यु डायमन्डलाई र एक पटक सभामुख कपमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई स्तब्ध बनाएको थियो। 

एपिएफले यस वर्ष भएको महिला भलिबलमा १२औं पटक फाइनलमा स्थान बनाउन बिहीबारको सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी पुलिसलाई ३–१ को सेटमा स्तब्ध बनाएको थियो। सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनप्रेरित एपिएफले पुलिसलाई २५–२३, २५–१७, १८–२५ र २५–१२ ले स्तब्ध बनायो। त्यस क्रममा सरस्वतीले स्पाइकबाटै सर्वाधिक १४ अंक दिलाइन्।

दोस्रो सेमिफाइनलमा न्यु डायमन्डले त्रिभुवन आर्मीलाई ३–१ को सेटमा स्तब्ध बनाएको थियो। न्यु डायमन्डले आर्मीको चुनौती २५–२३, २३–२५, २५–२१ र २५–२० ले समाप्त पा¥यो। न्यु डायमन्डको जितमा वुमन अफ दी म्याच ललिता नाथले ब्लकबाटै ७ अंक दिलाइन्।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख ७५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले एउटा स्कुटरसमेत जित्नेछन्। विधागत उत्कृष्टअन्तर्गत स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही पाँच हजार नगद पुरस्कार पाउनेछन्। 

प्रकाशित: १५ चैत्र २०७५ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App