८ वैशाख २०८१ शनिबार
समाज

कर्मचारीलाई गालीगलौज गर्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

बारा - जिल्ला प्रशासन कार्यालय बाराका कर्मचारीसँग अभद्र व्यवहार गरेको आरोपमा फेटा गाउँपालिका २ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा परेका छन् ।

वडाध्यक्ष रवि कुशवाहाले कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले वडाध्यक्ष कुशवाहाले आमाको नामको थरमा फरक रहेको र त्यसलाई सच्याउन प्रशासन शाखाका सुब्बा शिवशंकर मुखियालाई अनावश्यक गाली गलौज गरी हातपात गरेको बताए। 

वडाध्यक्ष कुशवाहाको आमा मालतीदेवी कुशवाहाको थर एउटामा ‘कुशवाहा’ र अर्कोमा ‘कोइरी’ रहेको भन्दै प्रक्रिया पु¥याएर मात्र सच्याउन मिल्ने नायब सुब्बा मुखियाले बताएका थिए। पछि कुशवाहाले फाँटका अन्य कर्मचारीहरुलाई गाली गलौज गर्न सुुरु गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रण लिएको थियो। 

फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल साहले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिने वेलामा वडाध्यक्षको आमाको नामको थरमा गल्ती गरिएको र गल्ती गरिएको थरलाई सच्याउने क्रममा कर्मचारी र वडाध्यक्ष बीच भनाभन भई यो घटना भएको बताए। बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले आफू बाहिर रहेकोले वडाध्यक्ष थुनिनुको बारे आफूलाई थाहा नभएको बताए। 

 

प्रकाशित: १४ चैत्र २०७५ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App