coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फिदिममा खानेपानी समस्या समाधान हुने

तस्बिर : खानेपानी अभाव भएपछि फिदिमको आहालगैरीमा रहेको धारामा पानी कुर्दै स्थानीय।

काठमाडाैं - खानेपानीको दीर्घकालीन समाधानका लागि भन्दै प्रदेश १ ले काम अघि बढाएको छ। पछिल्लो समय जिल्लामा खानेपानीको चरम अभाव भएसँगै पटक पटक गुनासो आइरहेको थियो। तर, अब प्रदेशले दीर्घकालीन रुपमा समस्या समाधान हुने बताएको छ।

१६ किलोमिटर टाढा फिदिम–१४ बाट ल्याएर वितरण गरिएको खानेपानी आयोजनालाई व्यवस्थित गर्न प्रदेश सरकारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरमार्फत सर्वे गरी समस्या पहिचान गरेर पुनः निर्माणको काम अघि बढाउन लागेको हो।

फिदिम बजार क्षेत्रमा चरम खानेपानी अभावको समस्यालाई दृष्टिगत आयोजनाको पाइप फेर्ने, माथिल्लो गाउँमा रहेको मुख्य रिजर्भ ट्याङ्की नजिकै डिपबोरिङ सञ्चालन गर्ने तथा धमिलो पानी आउन नदिन रकलिङ फिल्टर राख्न काम अघि बढाइएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए। 

यी काम गर्न पाँच करोड रुपैयाँ बजेट व्यवस्था प्रदेश सरकारले गर्ने मन्त्री आङ्बोले जानकारी दिए। तत्कालै यो काम अघि बढाइने उनले बताए। खानेपानीको आयोजनाको लामो पाइप लाइन हुँदा ठूलो योजना सम्पन्न भए पनि फिदिमबासीले समस्या खेप्दै आएका छन्। निक्कै टाढाबाट धाएर पानीको प्रबन्ध गर्नुपर्ने अवस्था कायमै छ।

केही महिनाभित्रै फिदिमको खानेपानीमा बेला बेला आउने समस्या दीर्घकालीन रुपमा समाधान हुने आङ्बोले बताए। बजेट व्यवस्था भइसकेकाले तत्काल डिभिजन कार्यालयमार्फत कार्यान्वय हुने उनको भनाइ छ। 

 

प्रकाशित: १४ चैत्र २०७५ ११:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App