६ वैशाख २०८१ बिहीबार
अर्थ

लगानीसँगै श्रमिक पनि विदेशबाट !

काठमाडौं – प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन यतिवेला सरकार लागिपरेको छ। भोलि र पर्सि सरकारले लगानी सम्मेलन आयोजना गर्दै छ। सम्मेलनको तयारी भइरहँदा सरकारले जापानसँग श्रम सम्झौतासमेत गरेको छ।

रोजगारका लागि नेपाली श्रमिक विदेश पठाउने सम्झौतासँगै नेपाल आउने लगानीले रोजगार सिर्जना गर्दैन कि भन्ने आशंकासमेत उब्जिएको छ। 

लगानी आउँदैमा त्यो नेपाली श्रमिकको सीपअनुरुप आउँछ भन्ने ग्यारेन्टी नहुने नेपाली श्रमिकका विषयमा विद्यावारिधि गरेका केशब बस्याल बताउँछन्। सरकारले पारित गरेको वैदेशिक लगानी मस्यौदाले विदेशी लगानीकर्तालाई केही खुकुलो प्रावधान ल्याएको छ,’ बस्याल भन्छन्, ‘जसका कारण आफूलाई आवश्यक पर्ने श्रमिक होस्ट कन्ट्रीबाट मात्रै होइन होम कन्ट्रीबाट पनि ल्याउन सक्ने व्यवस्था गरिएको छ।’ 

सन् २०१७ मा गरिएको लगानी सम्मलेनको प्रतिबद्धता भित्र्यान नसकेको अवस्थामा यति चाँडै पुनः किन अर्को लगानी सम्मेलन चाहियो भन्ने प्रश्न चौतर्फी नउठेको पनि होइन।

ठूला खालका लगानीकर्ता नेपालमै लगानी गर्न आतुर भइरहेको अवस्थामा नेपालले श्रमशक्ति बाहिर पठाउँदा यसले देशलाई असर पुर्‍याउने बताउँछन् उनी । यसले सरकारको परिपक्वता नदेखाएको उनले बताए। तर, लगानीको प्रत्याभूत भई नसकेको अवस्थामा सरकार विकल्पमा गएको बस्यालले बताए। उनले भने, ‘सरकारले गरेको यस्तो व्यवस्थाले लगानीसँगै श्रमिक पनि विदेशबाट आउने सम्भावनालाई समेत बढाएको छ। 

यसअघि पनि सन् २०१७ मार्चमा नेपालमा लगानी सम्मेलन आयोजना गरिएको थियो। त्यसवेला करिब २४ देशका २ सय ४० लगानीकर्ताले १३.५१ बिलियन अमेरिकी डलर (झण्डै १४ खर्ब नेपाली रुपैयाँ) बराबर लगानी प्रतिबद्धता आएको थियो। 

सन् २०१७ मा गरिएको लगानी सम्मलेनको प्रतिबद्धता भित्र्यान नसकेको अवस्थामा यति चाँडै पुनः किन अर्को लगानी सम्मेलन चाहियो भन्ने प्रश्न चौतर्फी नउठेको पनि होइन। त्यसवेला दाताहरुले गरेको प्रतिबद्धता के कति आयो? त्यो पूरा भयो या भएन त्यो महत्वपूर्ण हुने बताउँछन् प्रधान। ‘भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री हुँदा प्रत्येक वर्ष गुजरात दिवस मनाउँथे,’ खनाल भन्छन्, ‘दिवसको उद्देश्य गुजरातमा विदेशीहरुलाई भित्र्याउने र लगानी आकर्षित गर्ने थियो।’ 

तर, आर्थिक राजनीतिका जानकार अचल पाण्डे भने शुक्रबारबाट आयोजना हुने लगानी सम्मेलनले राम्रो प्रतिफल ल्याउने विश्वास व्यक्त गर्छन्। भन्छन्, ‘कुनै पनि कम्पनीले विदेशमा लगानी गर्दा पहिला राजनीतिक स्थिरता र नाफा हेर्छ, लामो समयपछि नेपालको राजनीति स्थिर देखिएकाले यो पटकको सम्मेलन उपलब्धिमूलक हुने विश्वास गर्न सकिन्छ।’

तर, राजनीतिक स्थिरता मात्रैले लगानीलाई प्रत्याभूत गर्न नसक्ने खनाल दाबी गर्छन्। ‘राजनीतिक स्थिरता एक कारण हो, तर नेपालमा व्याप्त रहेको भ्रष्टाचारले लगानी भित्रिने वातावरण नबनेको हो’, खनाल थप्छन्, ‘नेपालले यो सम्मेलन भारत र चीन केन्द्रित गरेर ‘भ्यालु चेन प्रोडक्सनमा’मा जाँदा त्यसले दीर्घकालिन हित गथ्र्यो।’आवरणमा सरकारले लगानी भित्र्याउन अधिकतम कसरत गरेको देखिए पनि यसको छनक भने राम्रो नदेखिएको उनले बताए। 

नेपालमा लगानी सम्मेलन आयोजना हुँदै गर्दा नेपालले जापानसँग कामदार पठाउन गरेको सम्झौताले नेपालमा लगानी मात्रै भित्र्याइने हो या कामदार पनि भन्ने प्रश्न उब्जेको छ। 

प्रकाशित: १४ चैत्र २०७५ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App