८ वैशाख २०८१ शनिबार
कला

प्रियंकालाई लिन डोली लिएर आए आयुष्मान (भिडियो)

काठमाडौं– अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको बिहे देख्नुभएको छ? पक्कै छैन होला। प्रियंका र आयुष्मान जोडी भएको त पक्कै सुन्नु भएकै छ।

औपचारिक बिहेको टुंगो नलाग्दै प्रियंका र आयुष्मानको जोडीको बिहे पर्दामा उतारिएको छ। अर्थात् गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी...’ बोलको गीतमा उनीहरुको बिहेका दृश्यहरु देख्न सकिन्छ।

वैवाहिक कार्यका विविध दृश्यहरु म्युजिक भिडियोमा समेटिएको छ। मेहन्दी, हल्दीदेखि विवाह मण्डपदेखि प्रियंकालाई डोलीमा चढाएर लगिएका दृश्य म्युजिक भिडियोमा छ।

दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन्।

कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन्।  

फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउसलगायतका स्थानमा म्युजिक भिडियो छायांकन गरिएको हो।

यसअघि सरोज र मेलिनाको स्वरमा रहेको ‘माछीले खाने खोलीको लेऊ’ बोलको  गीतले एक महिनामै करोड दर्शक पाएको थियो।

भिडियोः 

 

प्रकाशित: १४ चैत्र २०७५ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App