coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

होन्डाका विजेता घोषित

काठमाडौं– स्याकार ट्रेडिङ कम्पनीले होन्डाले नेपालमा ५० वर्ष पूरा गरेको अवसरमा ल्याएको प्रवद्र्धन योजनाको विजेता घोषणा गरेको छ। 

२५ माघदेखि २५ फागुनसम्म सञ्चालित उक्त योजनामा २५ हजार दुई ६५ जनाको सहभागिता रहेको कम्पनीको भनाइ छ। सहभागीमध्ये लक्की ड्रमार्फत ५० जना छानिएको जारी विज्ञप्तिमा उल्लेख छ। छानिएका सहभागीले ५० लाख रुपैयाँ बम्पर उपहार जित्नको लागि योजनासँग मेल खाने आफ्नो कुनै सपना उल्लेख गरी फेसबुकमा भिडियो अपलोड गर्नुपर्ने थियो। 

अपलोड गरिएका ३९ भिडियोमध्ये सर्वाधिक २४ हजार एक सय ५० लाइक, कमेन्ट र सेयर भएको थियो। यसमा आफू डाक्टर बनी सर्वसाधारण्को सेवा गर्ने सपना बोकेका धुलिखेल, काभ्रेका विशाल थापा विजेता बन्न सफल भएको कम्पनीले जनाएको छ। 

 

प्रकाशित: १४ चैत्र २०७५ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App