coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एभरेस्ट बैंकका ग्राहकलाई नेपाल नेसनल हस्पिटलमा छुट

काठमाडौं– एभरेस्ट बैंक लिमिटेडले ग्राहकलाई नेपाल नेसनल हस्पिटलमा छुटको व्यवस्था गरेको छ। यस विषयमा बैंक र हस्पिटलबीच सम्झौता भएको बैंकले जनाएको छ। सम्झौता अनुसार ग्राहकले अस्पतालका विभिन्न सेवा शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने छन्। ग्राहकले एभरेस्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट लिन सक्नेछन्।

‘सर्भिस विथ स्माइल’ नारासहित एभरेस्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आएको जनाएको छ ।

एभरेस्टले आफ्ना सन्तुष्ट ग्राहक संख्या १० लाखभन्दा बढी रहेको दाबी गरेको छ। हालै क्यामेल्स रेटिङमा यो बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको पनि विज्ञप्तिमा उल्लेख छ। एभरेस्ट बैंकले ९२ शाखा, २८ राजस्व संकलन काउन्टर र एक सय १६ एटिएम तथा बृहत् बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवा प्रदान गरिरहेको विज्ञप्तिमा छ।

 

प्रकाशित: १४ चैत्र २०७५ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App