coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनसिसी अवकाश कोषको लाभांश घोषणा

काठमाडौं– एनसिसी बैंक अवकाश कोषले देशभर रहेका आफ्ना एक सय २२ शाखामार्फत सञ्चयकोष, सञ्चित बचतको ७० प्रतिशत लाभांश दिने भएको छ। 

कोषले गएको असार मसान्तसम्मको सञ्चित बचतबाट तीन करोड ६२ लाख ७० हजार रुपैयाँ सबै ग्राहक कर्मचारीलाई सोही अवधिको सञ्चित अवकाश कोषमा रहेको मौज्दातको १.८३ प्रतिशत लाभांश रकम दिने निर्णय गरेको हो। अवकाश कोष, उपदान कोष, सञ्चित बिदा कोष लगायत अन्य कोषको खाता खोल्ने, सञ्चित बचतको ९० प्रतिशतसम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीलाई सञ्चित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्य गर्दै आएको बैंकले जनाएको छ।

उक्त कोषले विगत वर्षमा आफ्नो सञ्चित बचत रकमबाट बचतकर्तालाई लाभांश वितरण गर्दै सबै व्यक्तिगत सञ्चयकर्ताका लागि प्रत्येक वर्ष १५ हजार रुपैयाँसम्मको निःशुल्क औषधोपचार बिमा सुविधा प्रदान गर्दै आएको छ।

 

प्रकाशित: १४ चैत्र २०७५ ०६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App