७ वैशाख २०८१ शुक्रबार
राजनीति

भारतीय विदेश सचिव गोखले काठमाडौंमा

काठमाडौं- भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल आएका छन्। दुई दिने नेपाल भ्रमणको क्रममा उनी बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ। उनी र पराराष्ट्र सचिव शंकरदास वैरागीबीच आजै भेट हुने कार्यक्रम रहेको छ। भ्रमणको क्रममा नेपाल भारत सहयोगका क्षेत्रबारे पनि छलफल हुने छ। यस्तै भारतको सहयोगमा सुरु भएका परियोजनाका बारेमा पनि छलफल हुने बताइएको छ।

रेलवे, जल यतातयात, भूकम्प पछिको पुननिर्माण, अरुण तेस्रो, पञ्चेश्वर परियोजना, माथिल्लो कर्णाली लगायतका विषयमा पनि छलफल हुने कार्यक्रम रहेको छ।

 

 

 

 

प्रकाशित: १४ चैत्र २०७५ ०५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App