coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अग्‍नी पीडितलाई त्रियुगाको जस्तापाता सहयोग

उदयपुर- एक महिना अघि आगलागीमा परेका उदयपुर रौतामाई गाउँपालिका २ भुट्टारका पीडितहरुलाई त्रियुगा नगरपालिकाले राहतस्वरुप जस्तापाता सहयोग गरेको छ। सत्तारुढ दल नेकपाकाका केन्द्रीय सदस्यसमेत रहेका नगरप्रमुख बलदेव चौधरीले पीडितहरुलाई गाईघाट बोलाएर जस्तापाता उपलब्ध गराएका हुन्।

चौधरीले रौतामाई २ खजौरे डुम्रेका ५ घरधुरी अग्निपीडितहरुलाई गाईघाटमा बुधबार एक कार्यक्रमका बीच प्रतिव्यक्ति ५ बण्डलका दरले जस्तापाता प्रदान गरे। मेयर चौरधीसँगै कार्यक्रममा नेकपाका नेताहरु इश्वरमणि राउत, कुशल कार्की, महेश्वरी राई, प्रमेश्वर घिमिरेलगायतले पीडितहरु कमल कार्की, दिपक कार्की, विदुर कार्की, ज्ञानबहादुर कार्की र राजेन्द्र कार्कीलाई जस्तापाता वितरण गरे।

गत फागुन ११ गते दिउँसो १  बजे भएको आगलागीमा परी उनीहरुको घर, मतान तथा त्यसभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, नगद, सुनचाँदीलगायत सम्पूर्ण धनसम्पत्ति नष्ट भएको थियो। त्यस्तै गोठमा बाँधिएका चौपाया ५४ थान खसी बोका र गाईगोरु जलेर मरेका थिए। आगलागीबाट ५ परिवारको ५ घर र ७ मतान जलेर ६७ लाख बढीको क्षति भएको थियो।

आगलागीपछि शरणार्थी बन्न पुगेका पीडितहरुलाई गाउँपालिका, जिल्ला प्रशासन, रेडक्रस सोसाईटी र चौदण्डीगढी नगरपालिकाबाट यसअघि राहत वितरण गरिएको थियो। पीडित घरधुरीले सोही ठाउँमा नयाँ घरटहरा बनाउने क्रम चलिरहेका बेला त्रियुगाले छानो छाउन राहतस्वरुप जस्ता सहयोग गरेको मेयर चौधरीले बताएका छन्।

प्रकाशित: १४ चैत्र २०७५ ०५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App