coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘बैंशालु ती डाली’ गीत

काठमाडौं– गायिका मिना निरौला र गायक हरिशरण सायमीको स्वर रहेको गीत ‘बैंशालु ती डाली’ सार्वजनिक भएको छ। राजधानीमा मंगलबार एक कार्यक्रमकाबीच कलाकार हरिवंश आचार्यले गीत सार्वजनिक गरे।

कलाकार आचार्यले मह सञ्चारको पहिलो रोजाईको संगीतकार, एरेन्जर हरिशरण भएको बताउँदै सायमी सिर्जनामा राम्रो दख्खल राख्ने कलाकार रहेको बताए। उनले गीतका गीतकार मनिषा प्रसाईंले प्रवासमा रहेर पनि नेपाली गीतसंगीतको योगदानमा महत्वपूर्ण भूमिका खेलेको जनाए।

गायक तथा संगीतकार सायमीले गीतसंगीतमा गरिएको मेहनतभित्र आफ्नो गीतले सबैको मन जित्नेमा विश्वास व्यक्त गरे। साहित्यकार कलानिधि दाहालले प्रवासमा रहेर पनि गीतसंगीत र साहित्यमा होमिनु आफैंमा चुनौतीपूर्ण रहेको बताए। गायक र कलाकार यमनकृष्ण श्रेष्ठले सायमी आफ्नो अण्डा चिउरा खाने साथी भन्दै संगीतमा राम्रो साथी पाएको खुलाए। गीतको भिडियोमा आयुष र सृष्टिको अभिनय छ। सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र माधव बेल्बासेको सम्पादन छ।

 

प्रकाशित: १४ चैत्र २०७५ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App