coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दीपेश तीनै विधाबाट सेमिफाइनलमा

काठमाडौं – सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी १५औं कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको तीनै विधामा सेमिफाइनल पुग्न सफल भएका छन्। 

हलचोकस्थित एपिएफको कभर्डहलमा बुधबार  पुरुष एकल, युगल र मिश्रित युगलमा दीपेश धामीले सेमिफाइनलको यात्रा तय गरेका हुन्। पुरुष एकलमा एपिएफका गौतमसिंह कठायतलाई २१–१४, २१–८ ले हराएका धामीले पुरुष युगलमा विजित थापामगरसँग मिलेर एपिएफकै विशाल प्रधान र विमल श्रेष्ठको जोडीलाई २१–१३, २१–१९ ले पाखा लगाए।

धामीले मिश्रित युगलमा पनि पूजा श्रेष्ठसँग मिलेर जेष्ट ब्याडमिन्टन एकेडेमीका अखिल श्रेष्ठ र डिना पुनलाई २१–१७, २१–७ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे। पुरुष एकलतर्फ भने त्रिभुवन आर्मीका प्रफुल महर्जन, सिल्क ग्रुपका प्रिन्स दाहाल र पुलिसका जीवन आचार्य सेमिफमइनल पुगेका छन्। 

प्रफुलले एपिएफका सुदीप सेढाईलाई २१–१८, २१–११ ले, प्रिन्सले एपिएफका सुनील जोशीलाई २१–१५, २१–१९ ले तथा जीवनले एपिएफका साजनकृष्ण ताम्राकारलाई २१–१८, २१–१७ ले पराजित गरेका छन्। पुरुष युगलमा पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले एपिएफका सुमन लिम्बु र जोसेफ अधिकारीको जोडीलाई २१–१२, २१–९ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो।

यस्तै एपिएफका सुदीप र साजनकृष्ण ताम्राकारको जोडीले एपिएफकै सुनील जोशी र गौतमसिंह कठायतको जोडीलाई २१–१८, २१–१८ ले हराउँदै सेमिफाइनल प्रवेशका लागि आर्मीका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीसँग भेट पक्का गर्याे। महर्जन जोडीले सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफका नीरविक्रम देवकोटाको जोडीलाई २१–१५, २१–१६ ले पराजित गर्याे।

मिश्रित युगलमा एपिएफका गौतम कठायत र सुनैना मुखिया, आर्मीका सुरोज महर्जन र अमिता गिरी तथा एपिएफका विजित थापामगर र शोभा गौचनको जोडी पनि सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्। महिला एकलमा भने आर्मीका खेलाडीले वर्चस्व राख्दा अमिता गिरी, जेसिका गुरुङ, रसिला महर्जन र अनुमाया राईले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। 

गिरीले मोरङकी सीमा राजवंशीलाई २१–१५, २१–१९ ले र जेसिकाले एफिएफकी शोभा गौचनलाई २१–८, २१–१४ ले, रसिलाले आर्मीकै रञ्जना भट्टलाई २१–११, २१–१५ ले तथा अनुले एपिएफकी सुनैना मुखियालाई २१–११, १४–२१, २१–१८ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन्। महिला युगलमा आर्मीका अमिता गिरी र अञ्जना भट्टको जोडीले सेमिफाइनलमा एपिएफका पूजा श्रेष्ठ र जेशिका गुरुङको जोडीसँग प्रतिस्पर्धा गर्नेछ।

अर्को सेमिफाइनलमा एपिएफका शोभा गौचन र सुनैना मुखियाको जोडीले सेनाका अनुमाया राई र रसिला महर्जनको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। गिरी र भट्टको जोडीले जेष्टका डिना पुन र ज्योति लिम्बुको जोडीलाई २१–१४, २१–१८ ले, पूजा र जेसिकाको जोडीले मोरङका नीता लम्साल र सीमा राजवंशीको जोडीलाई २१–८, २१–११ ले, शोभा र सुनैनाको जोडीले जेष्टकी मनीषा खड्का र तारा आलेको जोडीलाई २१–९, २१–१७ ले तथा अनुमाया र रसिलाको जोडीले भोजपुरका सीता राई र बाँकेकी सम्झना शर्माको जोडीलाई २१–११, २१–१० ले हराए।

छात्र एकलमा प्रिन्स दाहालले महेन्द्रनगरका प्रकाश चन्दलाई २१–८, २१–१० ले पाखा लगाउँदै सेमिफाइनलमा एपिएफका प्रियांशुसिंह क्षेत्रीसँगको भेट पक्का गरे। प्रियांशुले धनगढीका अमृत चौधरीलाई २१–१७, २१–१२ ले पराजित गरे। एपिएफका पेम्बा शेर्पाले सेमिफाइनलमा आर्मीका दिवस शंकरसँगको भेट पक्का गरे। पेम्बाले मोरङका उज्ज्वल पोखरेललाई २१–१४, २१–१५ ले तथा दिवसले कञ्चनपुरका गोकुल जोरालाई २२–२०, २१–१३ ले पराजित गरे। 

छात्रा एकलमा आर्मीका रसिला महर्जन र रञ्जना भट्ट तथा मोरङका नीता लम्साल र सीमा राजवंशीले सेमिफाइनलमा स्थान बनाएका छन्। रसिलाले जेष्ट ब्याडमिन्टनकी अनुषा न्यौपानेलाई २१–६, २१–५ ले हराउँदै नीता लम्सालसँग भेट पक्का गरिन्। नीताले मोरङकै रोज पाण्डेलाई २१–७, २१–८ ले पराजित गरेकी थिइन्। रञ्जनाले वीरगन्जकी स्मृति राईलाई २१–१३, २१–१४ ले तथा सीमाले झापाकी अञ्जना राईलाई २१–८, २१–९ ले पाखा लगाए।

 

प्रकाशित: १४ चैत्र २०७५ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App